Todays Date: २०८३ बैशाख १७

यस्तो छ ‘बलिदान’मा कविता रायकाे लुक्स

kabita

फिल्म ‘बलिदान’की मुख्य नायिका कविता रायको लुक्स सार्वजनिक भएको छ । निर्माणपक्षले नायक समीर भट्टको लुक्स सार्वजनिक गरेको केही दिनपछि नायिका कविताको लुक्स सार्वजनिक गरेको हो । फिल्ममा उनी पनि एक्सन अवतारमा रहेको वुझ्न सकिन्छ ।

फिल्मका निर्देशक सन्तोष सेनले लेखेका छन्–‘राज्यको मूलधारबाट किनारिएका वर्ग ‘भिल्ला’को बसोबास रहेको ‘भिल्लमगढ’मा महिलामाथि हुने सामाजिक उत्पीडन र तिनका कमजोरीको फाइदा उठाएर कुटिल नेताबाट ‘युज एन्ड थ्रो’ गरिने कथालाई आधार बनाएर निर्माण भइरहेको फिल्म बलिदानका लागि हामीलाई यस्तै परिवेशबाट आएको प्रतिनिधि पात्र ‘किरण’को चरित्रलाई सशक्त रुपमा जीवन्त बनाउने अभिनेत्रीको आवश्यकता थियो ।’

फिल्मका लागि कल्पना गरिएको पात्रमा अडिसनबाट कविता छानिएको सन्तोषको भनाई छ । फिल्ममा कविताले नायक समीर भट्टसँग मिलेर एक्सनका दृश्यहरु दिएको पनि वुझिएको छ । कविता म्युजिक भिडियो हुँदै फिल्ममा प्रवेश गरेकी हुन् । आउँदो वर्षको दशैंको फूलपातिबाट यो फिल्म रिलिजमा आउँदैछ । निर्माणपक्षले प्रचार भने अहिलेबाट नै सुरु गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x