Todays Date: २०८३ बैशाख १७

सौगातसँगको सम्बन्धबारे के भन्छिन् श्रृष्टी ?

Shristi Shrestha

नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठको प्रेम सम्बन्ध टुट्यो । बिहेको चर्चा चलिरहँदा उनीहरू अलग भए ।

केही महिना एक अर्कासँग बोलचाल नै बन्द गरेका सौगात र श्रृष्टी अहिले फेरि नजिकिएका छन् । आज आयोजना भएको फिल्म ‘११ः५५’को ट्रेलर रिलिज कार्यक्रममा पनि श्रृष्टीले यो कुरा स्विकार गरिन् । उनले भनिन्–‘हामी पहिले पनि झगडा गरेर नराम्रो भएर अलग भएका थिएनौँ । के कारण अलग भएका हौं भन्ने सबैलाई थाहा छ । अहिले हामीबिच राम्रो सम्बन्ध पनि छ ।’

तर, इन्गेजमेन्ट हुन लागेको कुरालाई भने श्रृष्टीले अस्विकार गरेकी छिन् । श्रृष्टीले भनिन्–‘चैत्र ३ गते नै इन्गेजमेन्ट हुँदैछ भन्ने खबर पनि सुने । तर, यो कुरा सत्य होइन । मलाई त्यो खबर सुनेर रमाइलो लाग्यो । अहिले त बिहेको कुरा छैन, हेरौं भोलिको दिनमा के हुनेछ ।’

सौगात र श्रृष्टीले एकसाथ फिल्म ‘भाइरल गोर्खे’मा समेत काम गरिसकेका छन् । कुनै समय एक अर्काको प्रेममा रमाएको यो जोडी बिचमा अलग भयो । तर, अहिले फेरि उनीहरू नजिक छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x