Todays Date: २०८३ बैशाख १७

‘११ः५५’को ट्रेलरमा विवाहेत्तर सम्बन्ध र धोकाको कथा

Shristi Shrestha Mahesh Karishma Sagar Buddhi Bishal

आगामी चैत ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘११:५५’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक साढे तीन मिनेट लम्बाईको ट्रेलरमा विवाहेत्तर सम्बन्ध र सम्पत्तिका लागि भएको धोका, षड्यन्त्र र अपराधलाई केन्द्रमा राखिएको छ । फिल्मको कथा मध्यराति ११ः५५ बजे घटेको एउटा घटनामा केन्द्रित रहेको ट्रेलरले प्रष्ट पार्छ ।

केशव पाण्डेको कथा तथा निर्देशन रहेको फिल्ममा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, सागर खनाल, बुद्धि तामाङ, विशाल पहारी, एमएस अग्रज लगायतको अभिनय छ । सृष्टि र महेश श्रीमान्-श्रीमतीको भूमिकामा छन् । तर, दुवैको एक्स्ट्रा म्यारिटल अफेयर चलेको ट्रेलरमा देखाइएको छ । ट्रेलरले फिल्मप्रति दर्शकमा उत्सुकता बढाउन सक्ने देखिन्छ ।

क्राइम-थ्रिलर जनरामा निर्माण भएको फिल्ममा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन छ । यसमा श्याम शर्मा र सरोजा शर्मा निर्माता तथा एमएस अगराज कार्यकारी निर्मातामा छन् । फिल्ममा प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्राफी, पासाङ दावा शेर्पाको सम्पादन तथा देव महर्जनको द्वन्द्व निर्देशन छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक पाण्डेले आफूलाई फरक काम गर्न मन लाग्ने भएकाले डेब्युका लागि क्राइम थ्रिलर छानेको बताए । सहर केन्द्रित दर्शकलाई लक्षित गरेर फिल्म बनाएको उनको भनाइ छ । ‘फिल्मको कथा सहरमा केन्द्रित छ । यसैले हाम्रो लक्षित दर्शक सहरकै हुन्,’ उनले भने, ‘फिल्म तथा सिरिजमा फरक चिज प्रयोग गरिएको रुचाउने दर्शकलाई ‘११:५५’ मन पर्नेछ ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x