Todays Date: २०८३ बैशाख १७

प्रदीपको वर्थ डेमा ‘पिताम्बर’को ‘एक्सन टिजर’

Pradeep Khadka 3 1741583623

युवापुस्तामा रुचाइएका चर्चित अभिनेता प्रदीप खड्का सोमबार आफ्नो ३३औं जन्मदिन मनाउँदैछन् । २०४८ साल फागुन २६ गते ललितपुरको कुसुन्तीमा जन्मिएका उनको जन्मदिनको अवसर पारेर फिल्म ‘पिताम्बर’को नयाँ टिजर सार्वजनिक गरिएको छ । झन्डै एक मिनेट लम्बाइको एक्सनप्रधान टिजरमा उनलाई ‘सुपरस्टार’को ट्याग दिँदै उनका दृश्यहरुलाई मात्र स्थान दिइएको छ ।

सार्वजनिक टिजरमा प्रदीप कतै रिसाहा भावमा एक्सन गर्दै प्रस्तुत छन् भने कतै सामान्य अवस्थामा देखिएका छन् । टिजर हेर्दा उनको पात्र बदलाको भावमा रहेको अनुमान लगाउन सकिन्छ । उनले फिल्मका लागि एक्सनमा गरेको मिहिनेत टिजरमा प्रष्ट देखिन्छ । उनले पूर्ण एक्सन भूमिकामा काम गरेको ‘पिताम्बर’ पहिलो फिल्म हो ।

आगामी चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा प्रदीपसहित दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, गौरव विष्ट, आशिष पुरुष लगायतको अभिनय छ ।

कृषा चौलागाईं निर्देशित ‘पिताम्बर’का निर्माता विशाल चौलागाईं हुन् । पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह-निर्माता तथा सुमन गौतम कार्यकारी निर्माता रहेको फिल्ममा प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, मानकृष्ण महर्जन र शेरबहादुर लामाको छायांकन, बन्दे प्रसादको सम्पादन तथा हिमाल केसीको एक्सन छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x