Todays Date: २०८३ बैशाख १८

‘मलाई प्रशंसा गर्न कसैले जित्न सक्दैन’

sapit

काठमाडौं, चैत २० । गायक तथा अभिनेता प्रकाश सपूत प्रधानमन्त्री केपी शर्मा ओलीको खुलेर प्रशंसा गरेपछि विवादमा तानिएका छन् । उनको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा चर्को बहस चलेको छ ।

सपूतले हालै ‘केपी शर्मा ओली: सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको लोकार्पण समारोहमा मन्तव्य राख्दै प्रधानमन्त्री ओलीको संघर्ष, आत्मविश्वास र युवाको सोच रहेको व्यक्तित्वको खुलेर प्रशंसा गरेका थिए । उनले ओलीलाई दृढ निश्चय भएका नेता भन्दै उनका अडान र निर्णय क्षमताको प्रशंसा गरेका थिए ।

सपूतको भनाइपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएका छन् । कतिपयले उनलाई ‘राजनीतिक झुकाव देखाएको’ आरोप लगाएका छन् भने केहीले यो स्वतन्त्र अभिव्यक्तिको रूपमा समर्थन गरेका छन् । आलोचकहरूले सपूतलाई कलाकार भएर पनि राजनीतिक प्रशंसा गर्नु उचित नभएको भन्दै आक्रोश पोखेका छन् । त्यस्तै, उनका समर्थकहरूले भने विचार व्यक्त गर्ने स्वतन्त्रता सबैलाई रहेको तर्क गरेका छन् ।

यसैबीच, केही आलोचकहरूले प्रकाश सपूत अभिनीत नयाँ चलचित्र ‘बसन्त’ बहिष्कार गर्न आह्वान गरेका छन् । चैत २२ गते प्रदर्शनमा आउने उक्त चलचित्रको प्रचारप्रसार भइरहेको समयमा यस्तो विवाद उत्पन्न भएको हो । तर, सपूतले कलाकारलाई विचार राख्ने स्वतन्त्रता रहेको भन्दै आफ्नो बचाउ गरेका छन् । उनले कुनै कलाकारले विचार व्यक्त गर्दा त्यसको प्रभाव उनको पेशागत यात्रामा नपार्नु पर्ने तर्क गरेका छन् ।

शनिबार सामाखुसीमा आयोजित ‘बसन्त’ को ट्रेलर सार्वजनिक कार्यक्रममा सपूतले आलोचनाबारे आफ्नो धारणा राख्दै भने, ‘मलाई प्रशंसा गर्न कसैले जित्न सक्दैन ।’ उनले आफ्नो भनाइलाई गल्ती स्वीकार नगर्ने स्पष्ट पार्दै माहोलअनुसार विचार राखिएको तर्क गरेका छन् । ‘प्रशंसा गर्दा पनि आलोचना सहनुपर्ने रहेछ है ?’ भन्दै उनले व्यङ्ग्य पनि गरे ।

सपूतले कलाकारको रूपमा समाजका विषयमा प्रश्न उठाउने आफ्नो शैली रहेको उल्लेख गरे । ‘व्यक्तिलाई गाली गर्ने मेरो शैली होइन, म सिर्जनाका माध्यमबाट समाजका विषयमा प्रश्न उठाउँछु,’ उनले भने ।

सपूतको अभिव्यक्तिपछि नेपाली कला क्षेत्रका थुप्रै कलाकारले पनि विभिन्न प्रतिक्रिया दिएका छन् । कतिपय कलाकारहरूले विचार व्यक्त गर्ने स्वतन्त्रता सबैलाई रहनु पर्ने बताए भने केहीले कलाकारलाई राजनीतिक टिप्पणी गर्न सचेत रहनुपर्ने सुझाव दिएका छन् । अब सपूतको भनाइले चलचित्र ‘बसन्त’ को व्यावसायिक यात्रामा असर पार्ने वा नपार्ने भन्ने विषयमा सबैको चासो रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x