‘अमेरिका टुर’ डल्लासबाट सुरु, न्यूयोर्क सिटीमा सकिने

veck bizen yavesh

लेजेरी, क्लास एक्स र खड्का ग्रुप्सको संयुक्त प्रस्तुतीमा आयोजना हुने ‘अमेरिका टुर’ अप्रिल ११ मा टेक्सासको डल्लासबाट औपचारिक रूपमा सुरु हुने भएको छ।

मे १० मा न्यूयोर्क सिटीमा समापन हुने तय गरिएको यो ‘टुर’ कार्यक्रममा भेक र याबेश बिजेनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्ने छन्।

यो सांगीतिक टुरले अमेरिकाभरिका प्रमुख सहरहरूमा आफ्ना कार्यक्रमहरू प्रस्तुत गर्नेछ, जसले नेपाली समुदायलाई उत्साहजनक सांस्कृतिक अनुभूति दिने आयोजकहरूको दाबी छ।

डल्लासबाट सुरु हुने ‘टुर’ त्यसपछि टेक्सास, कोलोराडो, DMV क्षेत्र (वासिङ्टन डि.सी., म्यारिल्याण्ड, भर्जिनिया), ह्यारिसबर्ग (पेन्सिलभेनिया), एक्रोन (ओहायो), कोलम्बस (ओहायो), न्यूयोर्क सिटी (न्यूयोर्क) लगायत सहरहरूमा कार्यक्रमहरू गर्नेछ।

आयोजकहरूले टुरलाई ‘सांगीतिक तथा सांस्कृतिक उत्सव’ का रूपमा प्रस्तुत गर्दै आएका छन्। उनीहरूको भनाइमा, यो टुरले अमेरिकाभरि छरिएर रहेका नेपाली समुदायलाई संगीतमार्फत जोड्ने प्रयास गर्नेछ।

टुरमा सहभागी हुने सबै दर्शकलाई अविस्मरणीय अनुभवको ग्यारेन्टी आयोजक संस्थाहरूले दिएका छन्। टुरले दक्षिणी क्षेत्रबाट सुरु गर्दै पूर्वी तटसम्मको सांगीतिक यात्रा तय गर्नेछ, जसमा विविध सांगीतिक प्रस्तुतिहरू रहने छन्।

नेपालबाट आएका कलाकारहरूको सहभागिता, सांस्कृतिक आदानप्रदान र समुदायसँगको अन्तरक्रियाले यो टुर नेपाली डायस्पोराका लागि विशेष अवसर हुने आयोजकहरूको विश्वास छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x