Todays Date: २०८३ जेष्ठ ११

चन्द्र पन्तको ‘आ बाट आमा’को आमा बन्दै विपना थापा

image 15

फिल्म ‘आ बाट आमा’को मुख्य भूमिकामा नायिका विपना थापा देखिने भएकी छिन् । चन्द्र पन्तको निर्देशनमा तयार हुन लागेको यो फिल्मका लागि विपनासँग सहमति भइसकेको छ । विपना अहिले भारतमा छिन् ।

विपनालाई फिल्म पर्दामा लामो समयपछि चन्द्रले नै ‘ह्रस्व दीर्घ’बाट फर्काएका थिए । अब, उनी विपनालाई नै मुख्य भूमिकामा लिएर ‘आ बाट आमा’ बनाउन कस्सिएका छन् । विपनाको वरिपरी नै कथा घुम्ने निर्माणपक्षले बताएको छ ।

चन्द्रले नेपालमा अहिलेसम्म यस्तो इमोशनल फिल्म नबनेको दाबी समेत गरेका छन् । भदौबाट छायांकन सुरु हुने फिल्मलाई फागुनको १५ गतेबाट रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरिसकेको छ । विपनाले फिल्मको कथा सुन्दा नै आफू भावुक बनेको र काम गर्न राजी भएको तर्क गरिन् । उनले भनिन्–‘यो फिल्मको कथा सुन्दा नै म निकै भावुक बनेकी थिएँ । यसको कथा निकै शक्तिशाली छ । मैले आमाको भूमिका यसअघि पनि गरेको छु । तर, यसको कथा म बयान नै गर्न सक्दिनँ ।’

विपनाले फिल्मको गीत सुन्दा पनि दर्शक भावुक बन्ने तर्क गरिन् । अभिमन्यु निरवीले लेखिरहेको यो फिल्मको थिम पोस्टर केही दिन अगाडि सार्वजनिक भएको थियो । फिल्मका लागि अन्य कलाकार र प्राविधिकको टुंगो चाँडै नै लाग्ने चन्द्रको भनाई छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x