Todays Date: २०८३ जेष्ठ १७

‘बाटुलो जुन’मा अनमोलको जोडी प्रिन्सी

anmol and princy

केही दिनमै छायांकनमा जान लागेको फिल्म ‘बाटुलो जुन’मा मोडल प्रिन्सी खतिवडाको इन्ट्री भएको छ । निर्माणपक्षले केही दिन अगाडि प्रिन्सीसँग कागजी सम्झौता गरिसकेको छ ।

यो फिल्मका लागि प्रिन्सी अहिले धमाधम वर्कसपमा व्यस्त छिन् । निर्माणपक्षले फिल्मका मुख्य नायक अनमोल केसी र प्रिन्सीको एकसाथको तस्बिर भने सार्वजनिक गरेको छैन ।

टिकटकमा निकै नै लोकप्रिय रहेकी प्रिन्सीले ६० भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । यस्तै, उनले आधा दर्जन बढी हिन्दी म्युजिक भिडियोमा पनि काम गरिसकेकी छिन् ।

अडिसनमा सहभागी भएका एक दर्जन बढी युवतीबाट प्रिन्सीलाई यसको निर्माणपक्षले छनोट गरेको हो । फिल्ममा प्रिन्सीको भूमिका के हुने हो भन्ने केही पनि खुलाइएको छैन । प्रिन्सीको यो पहिलो नेपाली फिल्म हो ।

नायक अनमोल केसीसँग जोडी बाँधेर फिल्म क्षेत्रमा डेब्यू गर्न पाउँदा प्रिन्सी उत्साहित छिन् । भुवन केसीको निर्देशनमा बन्न लागेको फिल्मकी निर्मात्री जीया केसी हुन् । फिल्ममा अर्की एक नायिका पनि रहने बताइएको छ । तर, अर्की एक नायिकाको छनोट हुन बाँकी रहेको बुझिएको छ ।

‘बाटुलो जुन’को छायांकन असार र भदौमा हुनेछ । पहिलो चरणमा चित्लाङमा फिल्मको छायांकन हुनेछ । त्यसपछि ब्रेक लिएर भदौमा दोस्रो चरणको छायांकन गर्ने तयारी निर्देशक भुवन केसीको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x