Todays Date: २०८३ जेष्ठ १७

‘गोबर गणेश’ बनाउदै ‘बल्छी धुर्वे’, को–को छन् कलाकार ?

balcchi dhurbe

कलाकार मरिचमान श्रेष्ठको निर्देशन र निर्माणमा फिल्म ‘गोबर गणेश’ बन्ने भएको छ । ‘बल्छी धुर्बे’ नामले चिनिएका मरिचमान अब फिल्म निर्देशनमा अगाडि आउन लागेका हुन् ।

यो फिल्म बल्छी धुर्बे फिल्मस् प्रालिको व्यानरमा यो फिल्म निर्माण हुनेछ । फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता गरिएको छ । कलाकारको नाममा सीतादेवी तिमिल्सिना र पूजन घिमिरे ‘पुकु’ राखिएको छ । पूजनले लामो समयदेखि मरिचमानसँग सिरियलमा सहकार्य गर्दै आएकी थिइन् ।

यस्तै, ‘होस्टेल ३’बाट दर्शकको मन जितिरहेका पदम तामाङले ‘गोबर गणेश’ साइन गरेका छन् । केही दिनअघि मरिचमान र पदमबीच लिखित सम्झौता भएको छ ।

हाँस्य क्षेत्रमा दर्शकको माया पाएका कलाकारहरू धमाधम फिल्म क्षेत्रमा प्रवेश गरिरहेको समयमा मरिचमान पनि अब फिल्म निर्माणमा अगाडि आउन लागेका हुन् ।

यो फिल्मको पोस्टर पनि केही समयमा नै सार्वजनिक हुनेछ । भने भदौबाट यो फिल्मको छायांकन सुरु गर्ने तयारी मरिचमानको छ । फिल्मको प्रदर्शन आगामी फागुन १ गतेलाई तय छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x