News

‘जन्ते बाख्रो’को ३२ लाख ग्रस कलेक्शन

jante baakhro 1
jante baakhro 1

फिल्म ‘जन्ते बाख्रो’ ले बक्स अफिसमा अपेक्षाअनुसारको प्रदर्शन गर्न सकेको छैन। जेठ २३ गतेदेखि प्रदर्शनमा आएको फिल्मको व्यापार हालसम्म करिब ३२ लाख ग्रस कलेक्शनमा सीमित भएको छ।

निर्देशक सिमोस सुनुवार र लेखक प्रदीप भारद्धाजले ‘हात्तीछाप’ मा पाएको असफलतापछि ‘जन्ते बाख्रो’ बाट पुनरागमनको आशा राखेका थिए। तर, फिल्मको दोस्रो सातासम्मको व्यापारिक गति हेर्दा ग्रस कलेक्शन ५० लाख पनि पार गर्न गाह्रो देखिएको छ।

नायिका गरिमा शर्मा फिल्म चलिरहेको भान दिने गरी देश दौडाहामा लागेकी छन्। उनी हल–हलमा पुगेर अन्तरवार्ता दिइरहेकी छिन्, जसले दर्शकमाझ उत्साह बढाएको देखिए पनि त्यो प्रत्यक्ष रूपमा बक्स अफिसमा परिवर्तन हुन सकेको छैन।

फिल्मले ३२ लाख ग्रस कमाउँदा निर्माताको हातमा करिब १० लाख मात्र आउने अनुमान गरिएको छ। यद्यपि फिल्म अझै प्रदर्शनमा रहेकाले अन्तिम कलेक्शन अझै बढ्न सक्छ।

‘जन्ते बाख्रो’ मा सौगात मल्ल, गरिमा शर्मा, आसिफ शाह, रुषा न्यौपानेलगायतका कलाकारहरूको अभिनय रहेको छ। फिल्मको विषयवस्तु र प्रस्तुतिले चर्चा पाएको भए पनि व्यावसायिक रूपमा भने फिल्मले सशक्त उपस्थिति देखाउन नसकेको विश्लेषण गरिएको छ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments