Todays Date: २०८३ जेष्ठ १७

केकी अधिकारी यो वर्षकी सबैभन्दा व्यस्त नायिका, सात फिल्म लाइनअपमा

keki adhikari

अभिनेत्री केकी अधिकारीको करिअरको रफ्तार फिल्मको व्यापारिक परिणामले कत्तिपनि रोकिएको छैन। ‘स्वर’ फिल्मबाट अभिनय यात्रा थालेकी केकीले ‘छ माया छपक्कै’ मार्फत पहिलो ठूलो सफलता चाखेकी थिइन्।

तर, उनलाई एक अभिनेत्रीको हैसियतमा अझै मजबुत बनाउने काम गर्‍यो उनकै होम प्रोडक्सनबाट बनेको फिल्म ‘बोक्सीको घर’ ले । यो फिल्म सफल भएपछि केकीका हातमा परियोजनाहरूको ओइरो लाग्न थाल्यो।

यो वर्ष केकी अधिकारीका लागि अत्यन्त व्यस्त रहने देखिन्छ। उनको अभिनय रहेको ‘के घर के डेराः घर नम्बर २’ हालै प्रदर्शनमा आइसकेको छ भने भदौ ६ गतेबाट जनै ‘हराएको मान्छे’ दर्शकमाझ आउँदैछ।

त्यसपछि, कात्तिक १४ गते रिलिजको पर्खाइमा रहेको ‘परान’ मा पनि उनी प्रमुख भूमिकामा देखिनेछिन्।

त्यस्तै, उनले साइन गरेको अर्को फिल्म डबल ट्रिपल फागुन १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ।

केकीले साइन गरिसकेका ‘झिंगे दाउ २’ र ‘लाली बजार’ पनि छायांकनको चरणमा जान लागेका छन्।

यतिमात्र होइन, उनी आफैंले निर्माण गर्न लागेको दुई नयाँ फिल्म पनि चलचित्र विकास बोर्डमा दर्ता भइसकेका छन्।

यदि हेर्ने हो भने, हाल केकी अधिकारीको लाइनअपमा ७ वटा फिल्म परेका छन्। यो संख्या अन्य कुनै पनि समकालीन नेपाली नायिकाको तुलनामा धेरै हो। सम्भवत: यो वर्ष नेपाली फिल्म उद्योगमा सबैभन्दा व्यस्त अभिनेत्रीको उपाधि केकी अधिकारीलाई नै जान सक्छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x