‘मेरी बास्सै’ बाट चर्चामा आएकी कलाकार लक्ष्मी श्रेष्ठको निधन

Apsara aama

चर्चित हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ मार्फत दर्शकमाझ ‘अप्सरा आमा’का रूपमा परिचित वरिष्ठ कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। उनको शुक्रबार राति निधन भएको हो।

श्रेष्ठ केही समयदेखि स्तन क्यान्सरबाट पीडित थिइन्। करिब चार महिनाअघि उनलाई भक्तपुर क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि अस्पतालले करिब एक महिनाअघि उपचार सम्भव नरहेको भन्दै घर फर्काइदिएको थियो।

त्यसयता उनी काठमाडौंको कपन बालुवाखानीस्थित आफ्नै निवासमा आराम गरिरहेकी थिइन्। शुक्रबार राति त्यहीँ निवासमा उनले अन्तिम सास लिएको कलाकार सुशीला निरौलाले जानकारी दिइन्।

लामो समयदेखि नेपाली टेलिभिजनमा सक्रिय रहेकी लक्ष्मी श्रेष्ठले विशेषगरी हास्य र पारिवारिक भूमिकामा दर्शकमाझ लोकप्रियता कमाएकी थिइन्। ‘मेरी बास्सै’ मा उनले निभाएको ‘अप्सरा आमा’ पात्रले विशेष चर्चा पाएको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x