Todays Date: २०८३ बैशाख २१

राष्ट्रिय चलचित्र पुरस्कार : सर्वोत्कृष्ट अभिनेता विजय र उपासना सर्वोत्कृष्ट अभिनेत्री

bijya

यस वर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारंगी’बाट विजय बराल उत्कृष्ट अभिनेता घोषणा भएका छन् । चलचित्र विकास बोर्डले सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना गरेको पुरस्कार वितरण समारोहमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले अवार्ड प्रदान गरे । विजयले राष्ट्रिय अवार्ड पहिलो पटक जित्न सफल भएका हुन् ।

उक्त समारोहमा उत्कृष्ट अभिनेत्रीको अवार्ड फिल्म ‘खुष्मा’बाट उपासना सिंह ठकुरीले प्राप्त गरेकी छन् । उनले आफ्नो करिअरमा जितेको यो पहिलो अवार्ड हो । राष्ट्रिय अवार्डमा उत्कृष्ट फिल्म ‘शाम्बाला’ घोषित भएको छ । उत्कृष्ट निर्देशकको पुरस्कार पनि यही फिल्मबाट मीनबहादुर भामले पाएका छन् ।

त्यस्तै, उत्कृष्ट लेखनतर्फ फिल्म ‘छक्का पञ्जा ५’बाट दीपकराज गिरीलाई अवार्ड प्रदान गरिएको छ भने ‘पूजार सार्की’बाट भरत रेग्मी उत्कृष्ट सम्पादक र ‘पिताम्बर’बाट पुरुषोत्तम प्रधान उत्कृष्ट छायाँकार घोषित भएका छन् । निर्णायक समिति प्रोत्साहन पुरस्कार (जुरी अवार्ड) ‘पूजार सार्की’बाट अभिनेता प्रदीप खड्काले हात पारेका छन् ।

आदिवासी मातृभाषी फिल्मतर्फको अवार्ड नेवारी भाषाको ‘गालय् वन’ले जितेको छ भने लिम्बू भाषाको ‘चे’ र मगर भाषाको ‘दिलसरा’ले विशेष चलचित्र पुरस्कार पाएका छन् । कार्यक्रममा बोर्डले निर्देशक लक्ष्मीनाथ शर्मालाई ३ लाख ७५ हजार नगद राशीसहित चलचित्र दीर्घ साधना सम्मान र प्राविधिक स्व. श्रवण मास्केलाई मरणोपरान्त विशेष योगदान सम्मान पनि प्रदान गर्‍यो ।

कार्यक्रममा विशेष योगदान सम्मानबाट प्रेम सुब्बा (कलाकार), देविका वन्दना (गायिका), दीर्घ गुरुङ (छायाँकार), अनुप बराल (कलाकार/निर्देशक), परशुराम चौधरी (कलाकार/निर्देशक), सुरक्षा पन्त (कलाकार), नकिम उद्दिन (प्रदर्शक), उत्तम केसी (कलाकार), अन्जु रञ्जितकार (कलाकार) र निखिल उप्रेती (कलाकार/निर्देशक)लाई सम्मानित गरिएको छ ।

राष्ट्रिय चलचित्र अवार्ड २०८१ विजेताहरूको सूची:

  • उत्कृष्ट चलचित्र: शाम्बाला
  • उत्कृष्ट अभिनेता: विजय बराल (पूर्ण बहादुरको सारंगी)
  • उत्कृष्ट अभिनेत्री: उपासना सिंह ठकुरी (खुस्मा)
  • उत्कृष्ट निर्देशक: मीनबहादुर भाम (शाम्बाला)
  • उत्कृष्ट सम्पादक: भरत रेग्मी (पुजार सार्की)
  • उत्कृष्ट छायाकार: पुरुषोत्तम प्रधान (पिताम्बर)
  • उत्कृष्ट लेखन: दीपकराज गिरी (छक्का पञ्जा ५)
  • उत्कृष्ट आदिवासी मातृभाषी चलचित्र: गालय् वन (नेपाल भाषा)

निर्णायक समिति प्रोत्साहन पुरस्कार

  • अभिनेता प्रदीप खड्का (पुजार सार्की)

विशेष योगदान सम्मान
प्रेम सुब्बा (कलाकार)
देविका वन्दना (गायिका)
दीर्घ गुरुङ (छायाकार)
अनुप बराल (कलाकार/निर्देशक)
परशुराम चौधरी (कलाकार/निर्देशक)
सुरक्षा पन्त (कलाकार)
नकिम उद्दिन (प्रदर्शक)
उत्तम केसी (कलाकार)
अन्जु रञ्जितकार (कलाकार)
निखिल उप्रेती (कलाकार/निर्देशक)

विशेष चलचित्र पुरस्कार
चे (लिम्बु)
दिलसरा (मगर)

मरणोपरान्त विशेष योगदान सम्मान
प्राविधिक (प्रकाश व्यवस्थापक) स्व. श्रवण मास्के (वि.सं. २०४६ मा चलचित्र ‘चिनो’ छायाङ्कनको क्रममा निधन भएको थियो)

चलचित्र दीर्घ साधना सम्मान
लेखक / निर्देशक लक्ष्मीनाथ शर्मा

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x