‘प्रसाद–२’को मुद्दामा सुवास दोषी ठहर

Prasad 2 Subas Thapa

फिल्म ‘प्रसाद र प्रसाद २’ निर्माण गरेका निर्माता सुभाष थापा दोषी ठहर भएका छन् । उनी बैंकिङ कसुर मुद्दा (चेक बाउन्स’मा दोषी ठहर भएका हुन् ।

जिल्ला अदालत काठमाडौंले असारको २९ गते गरेको फैसलामा थापाले फिल्म निर्माणको लागि रकम उठाएर चेकमार्फत तिर्न खोजेपनि चेक बाउन्स भएको भन्दै उनलाई दोषी ठहर गरेको हो ।

थापालाई ‘प्रसाद २’का सह–निर्माता केशव पाण्डेले फिल्म निर्माणका क्रममा ६२ लाख ५० हजार रुपैयाँ दिएका थिए । तर, थापाले पाण्डेको नाममा फिल्म निर्माण गरेनन् । यस्तै, उनले पाण्डेको पैसा फिर्ता गर्न पनि इन्कार गरे । उनले पाण्डेलाई चेक दिएका थिए । तर, ती चेकहरू साटिएनन् ।

यसपछि पाण्डेले प्रहरीमा उजुरी दिएका थिए । निर्माता थापा भने अहिले अष्ट्रेलियामा छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x