‘चमेलीको पोइ’ चैत १३ गते प्रदर्शन हुने

image 13

एभरेष्ट सूर्य बोहराको निर्देशनमा तयार भएको फिल्म ‘चमेलीको पोई’को प्रदर्शन मिति तय गरिएको छ । आज फिल्मको तीन वटा पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति पनि घोषणा गरिएको हो ।

यो फिल्म चैत्रको १३ गते रामनवमीबाट रिलिजमा आउने भएको छ । फिल्ममा सुरक्षा पन्त, मुकुन भुसाल, नारायण त्रिपाठी, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारहरूको अभिनय छ । धन लक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा तयार भएको यो फिल्ममा सुनिता सापकोटा र राम नारायण उपाध्यायको लगानी छ ।

उदय बिक्रम राणा र रितु मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्मको फस्टलुकमा नायक मुकुन भुसाल र नायिका सुरक्षा पन्तलाई मुख्य स्थान दिइएको छ । चमेलीको भूमिकामा सुरक्षा देखिएकी छिन् भने मुकुन उनको श्रीमान्को भूमिकामा देखिएकी छिन् ।

फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद, शेर बहादुर तामाङको छायांकन, बन्दे शाह र सुजन वडालको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको एक्सन छ ।

फिल्मको पोस्टर हेर्दा कमेडी जनरामा यो फिल्म बनेको वुझ्न सकिन्छ । यो फिल्मबाट हाँस्य कलाकार नारायण त्रिपाठीले फिल्म क्षेत्रमा कमब्याक गर्दैछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x