मनिषा कोइरालालाई मानार्थ विद्यावारिधि

image 14

अभिनेत्री मनिषा कोइरालालाई बेलायतको ब्राडफोर्ड विश्वविद्यालयले मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ ।

सामाजिक सञ्जालमा एक भिडियोसहित पोस्ट लेख्दै मनिषाले यसबारे जानकारी दिएकी छन् ।

सम्मान ग्रहण गर्दै गरेको भिडियो सेयर गर्दे उनले लेखेकी छन्, – ‘म यहाँ शिक्षाको परम्परागत बाटो भएर आएको व्यक्तिको रूपमा होइन, जीवनमा कडा परिश्रम, असफलता, लचिलोपन र सेवामार्फत सिक्दै आएको व्यक्तिको रूपमा उभिएकी छु । यो सम्मान मेरो लागि शब्दमा व्यक्त गर्न सक्ने भन्दा बढी अर्थपूर्ण छ। यो प्रमाण हो कि तपाईं जहाँबाट सुरू गर्नुहुन्छ, तपाईंको यात्रा महत्वपूर्ण छ । मेरो जीवनको कथामा मूल्य देख्नुभएकोमा ब्राडफोर्ड विश्वविद्यालयलाई धन्यवाद ।’

अभिनेत्री पछिल्लो समय सञ्जयलीला भन्सालीको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’ मा देखिएकी थिइन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x