Todays Date: २०८३ असार ११

इलामबाट विल्सनले सुरु गरे ‘मैझारो’को छायांकन

maijharo 6

अभिनेता विल्सन विक्रम राईको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्म ‘मैझारो’को छायांकन पूर्वी पहाडी जिल्ला इलामबाट सुरु भएको छ । बिहीबार क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गर्दै फिल्मको शुभ मुहूर्त गरेपछि अभिनेता धीरज मगरको पहिलो दृश्य खिचियो । इलाम र पाँचथर जिल्लामा फिल्मको एक महिना छायांकन हुने जनाइएको छ ।

विल्सन स्वयंको लेखन रहेको फिल्ममा धीरजसहित मिरुना मगर, दीया पुन, सुनिल थापा, कविता आले, पुस्कर गुरुङ, अभयराज बराल, उदय सुब्बा, बुद्धि तामाङ, रजनी गुरुङ, विशाल लिम्बू र सुभाष सिंह ठकुरी लगायतको अभिनय रहनेछ । फिल्ममा पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थतालाई देखाइने जनाइएको छ ।

तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत तथा राजेश पायल राई, अस्मिता अधिकारी, झुमा लिम्बू र अनमोल गुरुङको गायन रहेको छ । फिल्म खिच्ने जिम्मेवारी सौरभ लामाले पाएका छन् ।

‘मैझारो’बाट फिल्म निर्देशनमा डेब्यु गर्न लागेका विल्सनसँग केही सिरियल र म्यूजिक भिडियो निर्देशनको अनुभव भने छ । उनले आफ्नो कम्पनी तक्मे प्रोडक्सनबाट सन् २०१७ मा फिल्म ‘रातो घर’ पनि निर्माण गरेका थिए । आफ्नो करिअरमा ३० बढी फिल्ममा अभिनय गरिसकेका उनको नयाँ फिल्म ‘यो मन त मेरो नेपाली हो’ गत असार २७ गते प्रदर्शनमा आएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x