Todays Date: २०८३ असार ११

काजी र अञ्जनको निर्देशनमा ‘जदौ’, अन्तरजातीय प्रेमकथामा बन्ने

2

फिल्म ‘जदौ’को औपचारिक घोषणा गरिएको छ । बिहीबार राजधानीमा एक कार्यक्रम बीच फिल्मको घोषणा गरिएको हो । कार्यक्रममा फिल्मका प्रमुख कलाकारहरु मुकुन भुसाल, नीति शाह, प्रभातपाल ठकुरी, विनोद न्यौपाने र सन्ध्या श्रेष्ठलगायतको उपस्थिति थियो ।

कार्यक्रममा प्रमुख अथिति चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता ‘मानिस ठूलो दिलले हुन्छ जातले हुदैन’ वाचन गर्दै फिल्मको टाइटल अनावरण गरे ।

अन्तरजातीय प्रेमसम्बन्धको कथामा निर्माण हुने फिल्ममा काजी लिम्बु र अन्जन शर्माको निर्देशन रहनेछ । भदौ पहिलो साताबाट सुटिङ थालिने फिल्म सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माणमा रहेको छ । कार्यक्रममा सिल्भर स्क्रिनकी प्रबन्ध निर्देशक विमला भण्डारीले नेपाली समाजमा अहिले पनि ब्यप्त जातीय बिभेदका बिबिध घटनाहरुबाट प्रेरित रहेको बताउँदै यसप्रकारका भेदभाव निर्मूल गर्नका लागि फिल्मले आवाज बुलन्द गर्ने दावी गरिन् ।

निर्देशक शर्माले समाजका यथार्थ घटना,जनजीवनलाई मनोरञ्जनात्मक रुपले पर्दामा पस्कने बताए भने लेखकसमेत रहेका अर्का निर्देशक काजी लिम्बूले आफूले बर्षौदेखि देखि,भोगी आएका वास्तवीक जातीय बिभेदकारी घटना,प्रसंगहरुलाई ‘जदौ’ मा बुन्ने प्रयास गरिएको उल्लेख गर्दै फिल्मले सम्पूर्ण नेपालीको मन जित्ने बिश्वास ब्यक्त गरे ।

अभिनेता मुकुन भुसाल र बिनोद न्यौपानेले आफुहरुले अहिलेसम्म गरेका भन्दा बिल्कुल भिन्न पात्र र भूमिका ‘जदौ’ मा निर्वाह गर्न लागेकाले चुनौतीका साथमा सम्भावना पनि उत्तिकै रहेको बताए । अभिनेत्री नीति शाहले स्क्रिप्ट र टिम निकै मन परेको बताउदै यो फिल्ममा आफू मोर्डन भूमिकामा रहेको खुलासा गरिन् । उनले अहिले आफूलाई ‘जदौ’ का लागि बिशेष रुपले तयार गरिरहेको बताइन् ।

अभिनेता प्रभातपालले आफूलाई बिश्वास गरेर गहन भूमिका सुम्पिएकाले आफूले निकै गम्भीरताका साथ तयारी सुरु गरेको बताए । उनले ‘जदौ’ ले आफ्नो करिअर उचाइमा पुर्याउने बिश्वास ब्यक्त गरे । नवअभिनेत्री सन्ध्याले डेब्यु फिल्ममै सिनीयर कलाकारहरुसँग स्क्रिन शेयर गर्ने मौका पाएकोमा खुशी ब्यक्त गरिन् ।

मुकुन,नीति,प्रभातपाल,बिनोद,सन्ध्याका साथमा ऋचा शर्मा,अनिल सुब्बा,सिपी पुडासैनी (धतुरे) लगायतका कलाकारले अभिनय गर्ने फिल्मको सहनिर्मातामा रामराजा सुवेदी,ओम चेम्जोङ,सुमीत्रा देवकोटा,नारायण शास्त्री,गोकुल केसी,अर्जुन खड्का,काजी केसी,सृजना शर्मा र मनिष शर्मा छन् । श्याम तामाङले खिच्ने फिल्मको निर्माण ब्यबस्थापक बुद्धिलाल माझी ९देवा०,कला निर्देशक चिरञ्जीवि भण्डारी,द्वन्द्व निर्देशक मिलन श्रेष्ठ छन् । बिनयराज पौडेल मुख्य सहायक निर्देशक रहेको फिल्मका गीतमा बाबुल गिरी र सरोज पोखरेलको संगीत छ । फिल्म दाङ र प्युठानका बिभिन्न स्थानमा खिचिने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x