Todays Date: २०८३ असार ११

‘सिंगिङ स्टार नेपाल’बाट पारिश्रमिक नपाएपछि त्रिशला आक्रोशित

trishala gurung

गायिका त्रिशला गुरुङले सामाजिक संजालमा एउटा स्टाटस लेख्दै ‘सिंगिङ स्टार’को पारिश्रमिक नपाएको भन्दै गुनासो गरेकी छिन् ।

यो कार्यक्रम सुरु भएको तीन महिना बितिसक्दा पनि तलव नपाएपछि त्रिशलाले गुनासो गरेकी हुन् । उनले, पारिश्रमिकको आधा भुक्तानी समेत नपाएको उल्लेख गरेकी छिन् ।

त्रिशलाले सामाजिक संजालमा लेखेकी छिन्–‘आज हाम्रो देशको मनोरञ्जन उद्योगको अवस्था देखेर म अत्यन्तै दुखी छु । तपाइहरुले याद गर्नुभएकै छ कि म यस वर्ष सिंगिङ स्टार नेपालको एक जजको रुपमा थिएँ । हामी सधैं हाम्रो कामप्रति इमान्दार थियौं र सधैं ब्रान्डलाई आफ्नै जस्तै सोच्थ्यौँ । तर कार्यक्रम सुरु भएको ३ महिना बितिसक्दा पनि हामीले संझौतामा भएको रकमको आधा पनि भुक्तानी पाएका छैनौं ।’

उनले कार्यक्रमका संयोजक तथा निर्देशक प्रमोद भण्डारी पूर्ण रुपले सम्पर्कविहिन भएको त्रिशलाको भनाई छ । उनले लेखेकी छिन्–‘कार्यक्रमका प्रोजेक्ट हेड पुरै टिमलाई पूर्ण रुपमा बेवास्ता गरेर बसिरहनु भएको छ । यो उद्योगमा गरिएका संझौताहरूलाई अहिले मजाक बनाइएको छ ।’

त्रिशलाले समस्याको समाधान गर्ने उत्तम तरिकाको सुझाव आफूलाई दिन पनि आग्रह गरेकी छिन् । यो शो हरेक शनिबार र आइतबार रातको ९ बजेबाट प्राइम टेलिभिजनमा प्रशारण हुँदै आएको छ । यो शोको निर्णायकमा त्रिशलाको साथमा अर्जुन पोखरेल र सनुप पौडेल छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x