Todays Date: २०८३ जेष्ठ ११

‘जनै हराएको मान्छे’को नयाँ गीत ‘मसुरीको दाना’ सार्वजनिक

Bijay Baral Keki Adhikari Miruna Magar

हरितालिका तीजको छेको पारेर आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘मसुरीको दाना’ बोलको गीतमा अञ्जु पन्त र एसडी योगीको गायन, हर्क साउदको शब्द तथा एसडी योगीको संगीत रहेको छ । गीतमा प्रेममा रहेका जोडीहरूको भावना व्यक्त छ ।

सुनिल क्षेत्रीको कोरियोग्राफीमा रहेको डान्सिङ शैलीको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू विजय बराल, केकी अधिकारी, मिरुना मगर र गौरव पहाडी नृत्य गर्दै देखिएका छन् । गीतमा प्रेमीको हेराइले हुरुक्कै पार्ने गरेको प्रसंगदेखि प्रेमिकाको स्वभाव र आनीबानीको प्रशंसा गरिएको छ । ठूलो संख्यामा कोरस राखिएको भिडियोमा विजयको नृत्य शैली रोचक छ ।

हिमाल न्यौपानेले निर्देशनमा बनेको फिल्ममा विजय, केकी, मिरुना र गौरवसहित सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर लगायतको अभिनय रहेको छ । भानुभक्त ढकालको कथा, पटकथा र संवादमा तयार भएको यो फिल्मलाई पेपरक्लिपका कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका हुन् ।

मनिष राउत एसोसिएट निर्देशक रहेको फिल्मको कार्यकारी निर्माता नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन हुन् । फिल्ममा नवीन गुरुङ र कृष्ण परियारको छायांकन, साहिल खानको टिजर-ट्रेलर, भरत रेग्मीको सम्पादन, सुप्रिम पराजुलीको कलर तथा चुल्ठे काजीको द्वन्द्व निर्देशन रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x