निर्देशनमा डेब्यु गर्दै फिरोज, घोषणा गरे ‘कहाँ गयौ तिमी…’

Firoj Timalsina new movie

तुलसी घिमिरे निर्देशित फिल्म ‘दर्पण छायाँ २’बाट अभिनय करिअर सुरु गरेका अभिनेता फिरोज तिमल्सेना अब निर्देशक बन्ने भएका छन् । उनले फिल्म ‘कहाँ गयौ तिमी’बाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । शनिबार श्रीकृष्ण जन्माष्टमीको दिन पारेर थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो ।

पोस्टरमा बादलले ढाकिएको पहाडी भूगोल र एकलासमा रहेको एउटा झुप्रो घर देखिन्छ । यसले ग्रामीण परिवेशको कथामा फिल्म बन्न लागेको बुझाउँछ । टाइटलमा रहेको कालो र रातो रंगले भने शंकाबीचको प्रेम, आशा, विछोड र मिलनको कथा फिल्मले भन्ने संकेत गर्छ । यद्यपि, निर्माण पक्षले कथावस्तुबारे जानकारी गराएको छैन ।

सहारा फिल्मको ब्यानरमा बन्ने फिल्ममा जीवन आचार्यको कथा छ भने प्रकाश नेपालीको संगीत रहनेछ । फिल्ममा को-को कलाकार रहनेछन्, त्यो भने गोप्य राखिएको छ । यद्यपि, फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार यो फिल्ममा अभिनेता पुष्प खड्काको अभिनय रहने निश्चित भइसकेको छ । पुष्प र फिरोज संघर्षकालदेखिका साथी समेत हुन् ।

‘कहाँ गयौ तिमी’को घोषणा गर्दै फिरोजले फिल्म निर्देशनमार्फत नयाँ यात्राको सुरुवात गर्दा खुशी र जिम्मेवारी दुवै महसुस भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । टेलिभिजन होस्ट हुँदै रियालिटी शो ‘नेपाल आइडल’को पहिलो सिजनमा निर्माता तथा एपिसोड डिरेक्टरको रुपमा समेत काम गरेका उनी गायक पनि हुन् । केही वर्षयता उनी अमेरिकामा बस्दै आएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x