Todays Date: २०८२ माघ २८

‘अभिमन्यु’को भोजपुरी शैलीको ‘लड्की गोरी’ गीत सार्वजनिक

image 16

नेपाली र हिन्दी भाषामा बनेको फिल्म ‘अभिमन्यु’को नयाँ गीत ‘लड्की गोरी’ सार्वजनिक गरिएको छ । भोजपुरी शैलीमा तयार पारिएको गीतमा शब्द, संगीत र स्वर प्रशान्त सिवाकोटी र प्रेरणा सिंहको रहेको छ । संगीत संयोजन विषम आचार्यले गरेका छन् । उक्त गीत भोजपुरी लवजमा भए पनि भाषा नेपाली नै प्रयोग गरिएको छ ।

रोहन विश्वकर्माको कोरियोग्राफी रहेको गीतको भिडियोमा जुना सुन्दास र किरण श्रेष्ठको आकर्षक नृत्य देख्न सकिन्छ । फिल्मका मुख्य जोडी लक्ष्मी बर्देवा र कामेश्वर चौरासिया पनि भिडियोमा देखिएका छन् । तराईको पात्र र कथामा आधारित भएर फिल्म बनेकाले त्यही क्षेत्रमा प्रचलनमा रहेको भोजपुरी शैलीको गीत तयार पारिएको निर्माण पक्षले जनाएको छ ।

सुशान्त गौतमको निर्देशनमा बनेको फिल्ममा लक्ष्मी, कामेश्वर र किरणसहित सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल, सुष्मा निरौला लगायतको अभिनय रहेको छ । आगामी भदौ २७ गते प्रदर्शन हुन लागेको यो फिल्मको हिन्दी भर्सन दशैंको छेको पारेर असोज ६ गते (घटस्थापनाको दिन) प्रदर्शन हुँदैछ ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । यसमा मुकेश खनालको लेखन, शरद महतोको छायांकन तथा सुरेन्द्र पौडेल र मदन घिमिरेको सम्पादन रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x