‘जनै हराएको मान्छे’ दोस्रो हप्तामा प्रवेश गरेसँगै दर्शकबाट उच्च साथ पाउँदै

image 30

फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ शुक्रबारबाट दोस्रो हप्तामा प्रवेश गरेको छ । राम्रो वर्ड अफ माउथ पाएको फिल्म हिजो शुक्रबारबाट दोस्रो हप्तामा प्रवेश गरेको हो ।

आम मध्यमवर्गीय नेपालीले भोगिरहेको समस्यालाई उठान गरेर बनेको यस फिल्मले सकारात्मक वर्ड अफ माउथ पाएको छ । बाबुआमालाई आर्थिक अभावबाट मुक्त पार्न छोरोले गर्ने संघर्षको कथा यसले प्रस्तुत गरेको छ, जसलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।

“हाम्रो फिल्मलाई दर्शकले राम्रो प्रतिक्रिया दिइरहनु भएको छ । त्यसैले दोस्रो हप्तामा अझ राम्रोसँग फिल्म चल्नेमा हामी विश्वास राख्छौं,” निर्देशक हिमाल न्यौपानेले बताए, “वर्ड अफ माउथ राम्रो भएकाले फिल्म पनि त्यसैअनुसार चल्नेमा हामी ढुक्क छौं ।”

फिल्म हेरेर भावुक बनेका दर्शक रोइरहेका भिडियोहरू समेत सामाजिक सञ्जालमा बाहिर आएका छन् ।

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ मा विजय बराल, केकी अधिकारी, मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतले अभिनय गरेका छन् ।

हिमाल न्यौपाने निर्देशित यस फिल्मका असोसिएट निर्देशकमा ‘प्रेमगीत ३’ का अभिनेता मनिष राउत रहेका छन् ।

पेपरक्लिप ब्यानरमा बनेको यस फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिल्सिना, चुडामणि सिवाकोटी, आर.के. मानन्धर, सी.आर. बस्नेत, फिलिप डिसी र जेम्स महाराजन छन् ।

फिल्ममा थानेश्वर गौतम, अर्जुन पोखरेल, एस.डी. योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको छ भने नवीन गुरुङ (डीओपी) र कृष्ण परियारले सिनेमाटोग्राफी गरेका छन् ।

फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक र तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी. सहायक निर्देशक छन् । फिल्मका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् । गोविन्द शाहीको काफिया फिल्म्सले यसलाई वितरण गरेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x