Todays Date: २०८३ जेष्ठ १८

विजय र वर्षाको ‘मालती मंगले’को शुभ मुहूर्त

image 29

गायक रामकृष्ण ढकालले निर्माण गर्न लागेको नेपाली फिल्म ‘मालती मंगले’ ले औपचारिक रूपमा आफ्नो निर्माण यात्रा प्रारम्भ गरेको छ।

बिहीबार काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा स्क्रिप्ट तथा क्यामेरा पूजासहित शुभ मुहूर्त गरिएको फिल्मको पहिलो क्ल्याप निर्माता ढकालका अभिभावक गोपाल कर्माचार्यले दिएका थिए। यस अवसरमा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउतले पहिलो दृश्य अभिनय गर्दै फिल्मको छायाङ्कनलाई शुभारम्भ गरेका थिए।

निर्माता समेत रहेका चर्चित गायक ढकालले शुभ मुहूर्त कार्यक्रममा ‘राम्रो र स्तरीय फिल्म निर्माण गर्ने प्रतिबद्धता’ व्यक्त गर्दै दर्शकलाई नेपाली समाजसँग जोडिने भावनात्मक कथा पस्किने बताएका थिए। त्यस्तै, कलाकार त्रय विजय बराल, वर्षा राउत र मेक्सम गौडेलले फिल्म ‘मालती मंगले’ आफ्नो अभिनय यात्रामा विशेष बन्ने विश्वास व्यक्त गरेका छन्।

यस फिल्ममा विजय, वर्षा र मेक्समसँगै सुवर्ण थापा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पंगेनी, सुस्मिता गुरुङ, सागर भट्टराईलगायत कलाकारको अभिनय रहनेछ। फिल्मको निर्देशन प्रकु पाण्डेयले गर्नेछन्। कथा स्वयं पाण्डेयकै लेखन रहेको छ भने पटकथा तथा संवाद गुरागाईँले तयार गरेका हुन्। फिल्म पारिवारिक भावनासँग जोडिएको प्रेमकथामा आधारित रहने जनाइएको छ।

कार्यकारी निर्माता सागर ज्ञवालीका अनुसार फिल्मको मुख्य छायाङ्कन तनहुँ र स्याङ्जा जिल्लाका सुन्दर भूभागमा गरिनेछ। छायाङ्कन कार्य शनिवारदेखि सुरु हुने तयारीमा छ। रानी म्युजिक इन्टरनेशनल प्रा.लि. को ब्यानरमा युनी इन्टरटेनमेन्ट को सहकार्यमा निर्माण हुने फिल्मका निर्माता लोकप्रिय गायक रामकृष्ण ढकाल हुन् भने सह–निर्मातामा रविन श्रेष्ठ, बाबु सुवेदी, मनोज बजगाईँ र ईश्वर बजगाईँ रहेका छन्।

फिल्ममा छायाङ्कन निर्देशक महेश पौडेल, सम्पादक रोमी तण्डुकार, रङ्ग संयोजक कृष्ण भण्डारी रहेका छन्। गीतहरू राजेन्द्र थापा, आनन्द अधिकारी, गोपाल अधिकारी र हर्क साउदले लेख्नेछन् भने सङ्गीतमा हरि लम्साल, राजनराज सिवाकोटी, एसडी योगी र उज्ज्वल सागरले काम गर्नेछन्। कस्ट्युम डिजाइनमा रवि पोखरेल, कला निर्देशनमा मनोज बोगटी, प्रोडक्सन डिजाइनमा रिजन परियार तथा प्रमुख सहायक निर्देशनमा शिशिर पोखरेल रहनेछन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x