Todays Date: २०८२ माघ २८

‘माइतीघर’को गीत ‘वसन्त नै बस्न खोज्छ’मा उपासना र श्यामाश्रीको छमछमी

image 28

असोज १३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘माइतीघर’को ‘बसन्त नै बस्न खोज्छ’ बोलको गीत रिलिज भएको छ।

११ दिनमा ५० लाख खर्च गरेर छायांकन गरिएको गीतमा यस फिल्मकी प्रमुख कलाकार उपासना सिंह ठकुरी तथा श्यामाश्री शेर्पा फिचर भएकी छन्।

भारतीय गायिका सञ्जिवनीको सुमधुर गायकीमा सजिएको गीत दृश्यात्मक रूपमा वैभवशाली देखिएको छ। गीतको कोरियोग्राफी पनि अब्बल छ। धेरैपछि कविराज गहतराजले उत्कृष्ट कोरियोग्राफी गरेका छन्। उनले कोरसको सही सदुपयोग यस गीतमा गरेका छन्।

किरण खरेलले लेखेको गीतमा भारतीय संगीतकार स्व. जयदेवको संगीत रहेको छ। यस गीतको वास्तविक गायिका आशा भोष हुन्। सदाबहार रहँदै आएको यो गीतको नयाँ भर्सनमा सञ्जिवनीले गायकीमा उस्तै माधुर्यता प्रधान गरेकी छन्।

यो फिल्म रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको हो।
निर्माण पक्षले यस गीतको ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो बनाउने प्रतियोगितामा सहभागी हुने मध्ये एक उत्कृष्टलाई ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा पनि गरिसकेको छ।

गीतमा भारतीय गायिका सञ्जिवनीको स्वर रहेको छ। मिलन तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा केदारप्रसाद घिमिरे, प्रकाश सपुत, धिरज मगर, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरूको अभिनय छ।

फिल्मको कथा चन्द्रकुमार दोङको हो भने पटकथा तथा संवाद रामशरण पाठकले लेखेका हुन्। सुशन प्रजापतिको डीओपी र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ। रविन शेरचन र धिरज तामाङको लगानीमा बनेको यस फिल्मका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x