Todays Date: २०८३ जेष्ठ ११

‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक

haribahadur

दशैंको फूलपातीका दिन अर्थात् असोज १३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक गरिएको छ।

निर्देशक दीपेन्द्र के. खनालको निर्देशनमा बनेको यस फिल्मको टिजरले कथावस्तु, चरित्र चित्रण र फिल्मका विभिन्न आयामलाई दर्शाउने प्रयास गरेको छ।

फिल्ममा हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, हरिहर शर्मा, दिव्यदेव पन्त, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सीता न्यौपाने र कमलमणि नेपालको अभिनय रहेको छ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा बनेको यस फिल्मलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन्। छायांकन कृष्णबहादुर थापाले गरेका छन् भने सम्पादन नहकुल खड्काले गरेका हुन्।

फिल्ममा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत रहेको छ। गीतमा आशिष अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईंको स्वर सुन्न सकिन्छ।

‘हरिबहादुरको जुत्ता’ नेपालसँगै अन्तर्राष्ट्रिय बजारमा पनि दशैंको फूलपाती (असोज १३) देखि प्रदर्शनमा आउने भएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x