‘मोहर’ फिल्म हेर्दा ‘सुनको मोहर’ जित्ने अवसर

1749544805 paul shah mohar

गत साउन २३ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘मोहर’ले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गर्दै वर्षकै दोस्रो हिट फिल्मको रूपमा आफ्नो स्थान बनाएको छ । हालसम्म ५ करोडभन्दा माथिको व्यापार गरिसकेको यो फिल्म अझै हलहरूमा प्रदर्शनरत छ । फिल्मको निर्माण पक्षले रिलिजको एक महिनापछि दर्शकहरूका लागि ‘सुनको मोहर’ जित्ने विशेष अवसर ल्याएको छ ।

देशका चार हलमा फिल्म हेर्ने दर्शकले यो पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन् । चितवनको ‘म्याङ्गो जन ज्योती सिनेमा’, समाखुशीको ‘क्यूएफएक्स स्क्वायर मल’, कीर्तिपुरको ‘कीर्तिपुर सिनेप्लेक्स’ र न्यूरोडको ‘रञ्जना सिनेप्लेक्स’मा फिल्म हेर्ने दर्शक यो योजनामा सहभागी हुन सक्नेछन् । पुरस्कार योजनाअन्तर्गत म्याङ्गो जन ज्योती सिनेमामा फिल्म हेर्नेमध्येबाट ३ जना, क्यूएफएक्स स्क्वायर मलमा हेर्नेमध्येबाट २ जना, कीर्तिपुर सिनेप्लेक्समा हेर्नेमध्येबाट २ जना र रञ्जना सिनेप्लेक्समा हेर्नेमध्येबाट २ जना गरी कुल ९ जनाले ‘सुनको मोहर’ जित्नेछन् ।

सहभागिताका लागि दर्शकले फिल्मको टिकटको पछाडि आफ्नो नाम र मोबाइल नम्बर लेखेर हलमा राखिएको बक्समा टिकट खसाल्नुपर्नेछ । यो योजना भदौ २३ गतेदेखि असोज ११ गतेसम्म फिल्म हेर्ने दर्शकका लागि लागू हुनेछ । भदौ २३ गते अघि फिल्म हेरेका दर्शकले पनि टिकट सुरक्षित राखेको खण्डमा यो योजनामा सहभागी हुन सक्ने निर्माण पक्षले जनाएको छ ।

विजेताहरूलाई फिल्मको ५१औँ दिनको विशेष कार्यक्रममा पुरस्कार हस्तान्तरण गरिनेछ । ओम प्रतिकको लेखन तथा निर्देशनमा बनेको यो फिल्म चुम्बन जंग शाहीले निर्माण गरेका हुन् । फिल्ममा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुन जंग शाही, मिथिला शर्मा, लक्ष्मी गिरी, रविन्द्र झा, सारा शर्मा लगायतका कलाकारको अभिनय छ । फिल्म मेकर्स प्रा.लि.ले निर्माण गरेको यो फिल्मले दर्शकको मन जित्न सफल भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x