‘जेनजी विद्रोह’लाई कलाकारहरुको समर्थन, कसले के लेखे ?

image 1

भोलि भदौ २४ गते जेन जेड वा जेन जी पुस्ताले गर्न लागेको आन्दोलनमा कलाकारहरुले पनि ऐक्यवद्धता जनाएका छन् । कतिपय कलाकारहरुले भौतिकरुपमै आन्दोलनमा सहभागी हुने बताएका छन् त कतिले नैतिक समर्थन व्यक्त गरेका हुन् ।

निर्देशक निश्चल बस्नेतले टिकटकमा एक भिडियो सार्वजनिक गर्दै आन्दोलनमा आफू पनि सहभागी हुने बताएका छन् ।

अहिलेको जेन जी पुस्ता एकदमै ‘फ्रस्टेड’ भएपछि आन्दोलनको योजना बनाएको भन्दै उनले नीति निर्माताहरुका घैंटोमा घाम लाग्नुपर्ने उल्लेख गरेका छन् ।

‘देशमा बसिरहेका युवाहरु हुर्कँदैछन् । उनीहरुलाई भविष्यको चिन्ता छ । यो उनीहरुले आफ्नो भविष्यका लागि गरिरहेका हुन्’, निश्चलले भनेका छन्, ‘प्रहरी दाजुभाइहरुलाई मेरो सानो अनुरोध पनि छ, यो आन्दोलन तपाईंहरुको पनि भविष्यका लागि हो । तपाईंहरुको छोराछोरीका लागि हो । त्यही भएर कुनै अप्रिय घटना हुनबाट जोगाइदिनुहोला । किनभने भिड अनियन्त्रित हुनसाथ जे पनि हुनसक्ने सम्भावना हुन्छ ।’

निश्चलले भोलि आफू पनि त्यहाँ हुने बताएका छन् । उनले थप भनेका छन्, ‘मलाई थाहा छैन, नतिजा के आउँछ । तर, हामी त्यहाँ बलियो हुनेछौं । भोलि त्यहीँ भेटौंला । हामीले भ्रष्ट्राचारको विरुद्धमा बोल्नैपर्छ । पर्यो भने भिड्नैपर्छ ।’

अभिनेता अनमोल केसीले पनि जेन जेड पुस्ताले अयोजना गर्ने आन्दोलनमा एक्वेबद्धता जनाएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै संजाल निष्क्रिय बनाउने सरकारको निर्णयको विरोध गरेका छन् ।

पहिलोपटक राजनीतिक अभिव्यक्ति दिएका केसीले लेखेका छन्, ‘हामी नेपाली नागरिकहरू चुप लागेर बस्दैनौं । सामाजिक सञ्जाल रोकेर सिर्जनशीलता, स्वतन्त्र अभिव्यक्ति र हाम्रो आवाजलाई दबाउन खोजिन्छ भने हामी अझ ठूलो आवाजमा उठ्छौं । हाम्रो अधिकार कोही रोक्न सक्दैन । हाम्रो आवाज दबिँदैन ।’

उनले थप लेखेका छन्, ‘नेपालको नागरिकको रूपमा, म मेरा जनताको आवाजलाई बेवास्ता गर्न सक्दिनँ । हामीलाई संसार र एकअर्कासँग जोड्ने सामाजिक सञ्जाल प्लेटफर्ममा हालैका प्रतिबन्धहरू गहिरो रूपमा चिन्ताजनक छन् । रचनात्मकता, अभिव्यक्ति स्वतन्त्रता र सञ्चारलाई कहिल्यै चुप लगाउनु हुँदैन । आउनुहोस्, एकता, शान्ति र दृढ संकल्पका साथ उभिऔं, जहाँ आवाजहरू सुनिन्छन्, अवरुद्ध होइन ।’

अर्का अभिनेता पल शाहले अभिव्यक्ति स्वतन्त्रता खोस्ने, सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले स्थिति गम्भीर बनाएको बताएका छन् ।

उनी लेख्छन्, ‘हामी हाम्रो देश राम्रो बनोस्, सबै नेपाली खुशी र सुरक्षित जीवन जिउन सकून् भन्ने चाहन्छौं। तसर्थ, भोलि ८ सेप्टेम्बरमा जेन जीद्वारा आयोजना गरिएको आन्दोलन शान्तिपूर्ण विरोध प्रदर्शन होस्। जति पनि सहभागी हुनु हुनेछ, सबै जना सुरक्षित तरिकाले आन्दोलन गर्नुहोला ।’

आन्दोलनमा आफ्नो चलचित्र ‘मोहर’ले नैतिक समर्थन गर्दै बानेश्वर र माइतीघर मण्डलामा खानेपानी वितरण गर्ने भएका उनले जानकारी दिएका छन् ।

गायक तथा अभिनेता प्रकाश सपूतले पनि आफ्ना दुई भाइहरु सुनिल र सचीनलाई सम्बोधन गर्दै भोलि हुने जेन जेडको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।

उनले लेखेका छन्, ‘भोलि तिमीहरु पनि जानु ! तिमीहरु केही बोल्नै पर्दैन । तिमीहरुको अनुहारमा प्रष्ट देखिने अन्योल भविष्यको चिन्ताले नै धेरै थोक बोलिसकेको हुनेछ । आँखामा प्रश्न लिएर समूहमा चुपचाप उभिनु पनि आन्दोलन हो ।भोली हुने तिम्रो पुस्ताको नयाँ स्वरुपको आन्दोलन हेर्न म निकै उत्साहित छु ।’

उनले जेन जेड भाइहरुलाई सम्बोधन गर्दै थप लेखेका छन्, ‘जे होस् भोलि तिमीहरु जानु । मैले तिमीहरुको खातामा २५–२५ हजार रुपैयाँ पठाइदिएको छु । जुन गत महिना युट्युबबाट कर काटेर आएको थियो । थाहा छैन अब आउछ कि आउदैन ! अँ, त्यो पैसाले पानी किनेर बाँड्नु र भन्नु साथीहरुलाई ‘हाईड्रेड रहनु, संयमित रहनु, एकै पटकमा नथाक्नु ।’

गायक शिव परियारले भोलिको आन्दोलन केवल आन्दोलन मात्रै नभएर नेपाली युवा जनमानसमा आएको चेतना भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘कुशासन, भ्रष्ट्राचार, दण्डहीनता लगायत शासकका नकरात्मक विषयको विरोधमा जेन जेड पुस्तामा आएको चेतनाको प्रतिबिम्ब हो यो ।’

चलचित्रकर्मी असिम शाहले भोलि हुने आन्दोलन केवल युवाको मात्रै आन्दोलन नभएर सम्पूर्ण नेपाली युवाहरुको अधिकार र स्वतन्त्रताको आन्दोलन भएको बताएका छन् । आफू युवाको आजाजसँगै रहेको र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने हरेक निर्णयको विरोधमा रहेको समेत उनको भनाइ छ ।

कमेडी नाइटस् विथ च्याम्पियन्सका सञ्चालक विशाल भण्डारीले त भोलि आफ्नो सम्पूर्ण टिमसहित भोलिको आन्दोलनमा सहभागी हुने बताएका छन् । उनले लेखेका छन्, ‘हाम्रो टिमको यस ऐतिहासिक संघर्षमा सहभागिता, समर्थन र साथ रहनेछ ।’

नायिका केकी अधिकारीले पनि सामाजिक सञ्जालमार्फत आन्दोलनप्रति ऐक्यवद्धता जनाएकी छन् । त्यस्तै, गायिका ज्योति मगरले पनि जेन जी पुस्ताले गर्ने विरोधको समर्थन जनाउँदै सरकारको विरोध गरेकी छन् ।

भोलि बिहान नौ बजे जेन जेडहरु माइतीघरमा भेला भएर नयाँ बानेश्वरसम्म मार्च

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x