Todays Date: २०८३ जेष्ठ १८

भाइटीकाबाट पनि सर्‍यो ‘जारी २’, अब कात्तिक २१ मा

image 6

कवि उपेन्द्र सुब्बाको निर्देशनमा बनेको फिल्म ‘जारी २: सङ अफ च्याब्रुङ’को प्रदर्शन मिति फेरि परिवर्तन भएको छ । सुरुमा असोज ३ गते रिलिज हुने भनिएको फिल्मलाई जेनजी आन्दोलनका कारण स्थगित गर्दै कात्तिक ६ गते (भाइटीका) सारिएको थियो । अब नयाँ निर्णयअनुसार आगामी कात्तिक २१ गतेदेखि फिल्म प्रदर्शन हुनेछ ।

निर्माता रामबाबु गुरुङले मंगलबार फेसबुकमा फिल्मको एक पोस्टर सेअर गर्दै सर्वाधिक छलफलपछि प्रदर्शन मिति परिवर्तन गरिएको बताएका छन् । ‘जारी २’ सरेसँगै तिहारका तीन फिल्म ‘वरिष्ठ बलराम’, ‘सोल्टिनी’ र ‘मैझारो’लाई ठूलो राहत मिलेको छ । तर, कात्तिक २१ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘मन बिनाको धन’लाई भने शक्तिशाली प्रतिस्पर्धी थपिएको छ ।

लिम्बू समुदायको लोकबाजा च्याब्रुङमा आधारित भएर बनेको ‘जारी २’मा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, सिर्जना निङ्लेखु लगायतको अभिनय रहेको छ । यो फिल्म २०७९ सालमा ब्लकबस्टर बनेको ‘जारी’को सिक्वेल हो ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको संयुक्त ब्यानरमा निर्माण भएको यो फिल्ममा निर्देशक सुब्बा स्वयंको लेखन रहेको छ भने सञ्जय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, कोविद बज्रचार्यको ब्याकग्राउन्ड स्कोर र राजेन्द्र मोक्तानको रंग संयोजन छ । फिल्मका निर्माताहरु रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x