Todays Date: २०८३ बैशाख १०

‘एक मुठ्ठी बादल’का लागि गौरवले घटाएका थिए ९ केजी तौल

gaurav bista

आगामी जेठ १ गते रिलिज हुने फिल्म ‘एक मुठी बादल’का लागि अभिनेता गौरभ बिष्टले शरीरको तौल घटाएका छन् । दुई वर्षअघि फिल्म ‘परस्त्री’मा अभिनेताका रुपमा डेब्यु गरेका गौरभले यो फिल्मका लागि ९ केजी तौल घटाएका हुन् ।

फिल्म युनिटले हालै सार्वजनिक गरेको गौरभको दुई क्यारेक्टर तस्वीरमा उनको शरीरमा आएको परिवर्तनलाई बुझ्न सकिन्छ । सार्वजनिक दुई तस्बिरमा उनको वास्तविक जीवनको लुक र फिल्ममा देखिएको चरित्रबीच स्पष्ट भिन्नता देख्न सकिन्छ।

‘मैले क्यारेक्टरमा डुब्नलाई नै फिल्मको पात्र अनुसार आफुलाई पूर्ण रूपमा पात्रमा रूपान्तरण गरेको छु’ उनी भन्छन् ।

सहारा शर्माको लेखन र निर्देशन रहेको फिल्ममा आचल शर्मा, निशा शर्मा, उषा रजकलगायतको अभिनय छ । महिला प्राविधिक र कलाकारको बाहुल्य रहेको फिल्म प्रतिक्षित फिल्ममा पर्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x