Todays Date: २०८३ जेष्ठ १३

नवीन सुब्बाले ‘मितज्यू’ हेरेर भने– नेपाली सिनेमा यस्तो बनेकै थिएन

Screenshot 2026 05 26 202400

निर्देशक नवीन सुब्बाले चलचित्र ‘मितज्यू’ले विभिन्न लेयरमा समाजका भिन्न भिन्न पक्षलाई उजागर गरेको बताएका छन् । राजनीतिक, सामाजिक, आर्थिक तथा पारिवारिक पक्षलाई एकसाथ ‘मितज्यू’ले देखाएको उनको भनाइ छ ।

‘मितज्यू’ले गरेको राजनीतिक प्रेडिक अहिलेको नेपाली राजनीतिसँग मेल खाएको उनको तर्क छ । “पुराना पार्टी समाप्त भएको र नयाँ सोच आएको कुरा सिनेमाले लाक्षणिक रुपमा देखाएको छ,” उनले भने, “चरित्र निर्माण गर्दाखेरि नै यो कुरा लिएर आएको छ ।”

नेपाली चलचित्रले पहिलोपटक यसरी बोलेको आफूलाई महसुस भएको उनले बताए । पोलिटिकल इभेन्टलाई स्टोरीमा ढालेर चरित्रमार्फत सिम्बोलिक रुपमा राम्रोसँग उतार्ने काम भएको उनको भनाइ छ ।

नयाँ कलाकार भए पनि तेरियाले राम्रो काम गरेको भन्दै नवीनले प्रशंसा गरे । उनको डेब्यु सिनेमा जस्तो नलाग्ने उनको भनाइ छ । सौगात मल्ल र दयाहाङ राईसँगसँगै खारिएको काम देखाएको र यो चलचित्र ‘मितज्यू’को अर्को उपलब्धी भएको उनले बताए ।

आवरण र इमोसनमा दयाहाङ र सौगातले पनि गज्जवको काम गरेको नवीनको भनाइ छ ।

“यो चलचित्रले धेरै च्यालेन्ज गरेको छ । हामीमा परिवारको जे कन्सेप्ट छ, त्यसलाई नै प्रश्न गरेको छ । यो लोकल स्टोरी उठाएर धेरै कुरा गरेको छ, भर्खरै खुलेको बाटो र जीपको कुरा छ,” उनले भने, “रोल्पा र रुकुमबाट अलि अगाडि बढेर समग्र नेपाली समाजको थर्ट प्रोसेसमाथि नै प्रश्न गर्छ । यो मलाई गज्जब लाग्यो ।”

यस्ता सिनेमा बन्नु पर्ने र धेरैले माया गर्नुपर्नेमा उनको जोड छ । यस्ता सिनेमालाई माया गर्दा अझै धेरै यस्ता चलचित्र बन्ने र यसले समाज निर्माणलाई नै सहयोग गर्ने नवीनको तर्क छ ।

शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल र तेरिया मगर मुख्य भूमिका छन् ।

यो चलचित्रमा सौगात, दयाहाङ र तेरियासँगै खड्गबहादुर पुन मगर, शिशिर वाङ्देल, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछानेलगायतको अभिनय रहेको छ ।

जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘मितज्यू’का लगानीकर्ता जनक घर्तीमगर हुन् । यो चलचित्रलाई अनिल बुढा मगरले निर्देशन गरेका छन् ।

चलचित्रलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । शिशिर बिशंखेको सिनेमेटोग्राफी रहेको छ । यस चलचित्रलाई आरआर फिल्म्सले नेपालभर वितरण गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x