काठमाडौं । फिल्म ह्यारीकी प्यारी सुटिङमा भाग लिन नायिका साम्राज्ञी शाह पर्वतको भुका देउराली पुगेकी छिन् । उनले सोमबारदेखि सेट ज्वाइन गरेकी हुन् ।
यो रोमान्टिक कमेडी ड्रामामा साम्राज्ञीले जितु नेपालसँग अनस्क्रिन रोमान्स गर्नेछिन् । १२ दिनदेखि सुटिङ भैरहेको भुका देउरालीमा हिउँ परेपछि बढेको ठन्डीले शुक्रबार भने फिल्मको छायांकन प्रभावित बनेको छ ।