काठमाडौं । मोडल शीतल सिलवालको नयाँ म्युजिक भिडियो ‘आँखामा थियो छाया’ सार्वजनिक भएको छ।
भिडियोको निर्देशन तथा सम्पादन उत्तर मगरले गरेका छन्।
लय संग्रौलाको शब्द तथा मानषी किरण र गंगा गजमेरको आवाजमा रहेको गीतको भिडियोमा शितलसँगै जेबिका पनि रहेकी छिन्।
गीतमा मानषी किरणको संगीत रहेको छ भने उनले नै मिक्सिङको काम गरेकी छन्। चक्र पुलामीको कोरियोग्राफि रहेको म्युजिक भिडियोमा कलरको काम श्याम कुँवर तथा सिनेमाटोग्राफी दिनेश पराजुलीले गरेका छन्।