काठमाडौं । छायांकनमा जाने तयारीमा रहेको फिल्म ‘हनी बनी’ मा अभिनेता अनमोल केसी र अभिनेत्री सारा सिर्पाइलीले काम नगर्ने पक्का भएको छ।
निर्देशक दिवाकर भट्टराईले सामाजिक सञ्जाल मार्फत अनमोल र साराले ‘हनी बनी’ छोडेको जानकारी दिएका हुन् ।
लण्डनमा छायांकन हुने फिल्मका लागि लन्डनको भिसा नपाएकाले साराको विकल्प खोजिएको हो। साराको ठाउँमा हाल लण्डनमा रहेकी जसिता गुरुङसँग कुरा भैरहको निर्देशक भट्टराईले जानकारी दिए।
केही दिन फिल्मको वर्कसपमा समेत सहभागी भएका अनमोलले भने आफूले पाएको चरित्रमा असहज महसुस गरेर फिल्म छाडेका हुन्। फिल्म निर्माण टिम र अनमोलबीच काम नगर्ने व्यवहारिक सहमति भैसकेको छ। आगामी बिहीबारबाट छायांकनमा निस्कने तयारीमा रहेको निर्माण टिमले जनाएको छ।
अनमोलले यसअधि ‘ग्याङस्टर ब्लुज’, ‘ब्याचलर बन्टी’, ‘धूपौरे’ लगायतका चलचित्रका लागि औपचारिक सम्झौता गरेर छाडेका थिए।