Todays Date: २०८३ जेष्ठ २८

‘एक मुठ्ठी बादल’मा आँचल शर्मा

aanchal

अभिनेत्री आँचल शर्मा फिल्म ‘एक मुठ्ठी बादल’मा अनुबन्धित् भएकी छन् । आमाछोरीबीचको सम्बन्धमा आधारित नारी प्रधान फिल्म एक मुठ्ठी बादलमा उनी खेल्ने भएकी हुन् । 

यसबारे जानकारी दिँदै सामाजिक सञ्चालनमा उनले एक मुठ्ठी बादल आमाछोरीहरु बीचको अनौठो सम्बन्धको श्रुतिमधुर संगीत रहेको बताएकी छन् ।

‘पुस्तौँदेखि चलिरहेको त्याग र बलिदानको परम्परामा के उनले कहिलै आफ्नो आकाशको अंश दाबी गर्न पाउलिन् ?,’ प्रश्न गर्दै उनले भनेकी छन्, ‘ एक मुठ्ठी बादल आमा छोरीहरु बीचको अनौठो सम्बन्धको श्रुतिमधुर संगीत हो । अराजकतालाई अँगाल्ने, अपूर्णतामा उत्सव मनाउने र  सामान्यलाई असामान्य बनाउने नेपाली नारीका गाथा आउनुस् फेरि नयाँ धूनमा सुनौँ ।’ 

आगामी फागुनबाट सुटिङ थाल्ने सो फिल्मको स्क्रिप्ट कान्स रोट्रेड्याम ढाकालगायतका फेस्टिभलाम छानिएको थियो । 

अभिमन्यु दीक्षित, अनुपम पौडेल र सामिप्यराज तिमल्सेनाको प्रस्तुति रहने एक मुठ्ठी बादलको लेखन तथा निर्देशन साहारा शर्माको रहनेछ । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x