तक्मे बुढाको ‘लाउरे एण्ड दाउरे’मा विजय बराल अनुबन्धित

Bijay Baral

अभिनेता विल्सनविक्रम राईको निर्देशकीय डेब्यू रहने फिल्म ‘लाउरे एण्ड दाउरे’मा कलाकार विजय बराल अनुबन्धित भएका छन् ।

निर्माण टिमले बुधबार कलाका विजयसँग सम्झौता गरेको छ । सम्झौतासँगै फिल्ममा विजयको लुक्ससहितको तस्वीर सार्वजनिक गरेको छ । विल्सनका अनुसार विजय यो फिल्ममा अहिलेसम्मकै फरक भुमिकामा देखिने छन् । तर उनको बारे विल्सनले केही खुलाएनन् ।

फिल्मको मुख्य भूमिकामा यसअघि नै दयाहाङ राई र बुद्धि तामाङ अनुबन्धित भैसकेका छन् । विल्सनकै निर्माण कम्पनी तक्मे प्रोडक्सनले फिल्म बनाउन लागेको हो । कमेडी र लभस्टोरीको कथावस्तुमा निर्माण हुन लागेको फिल्मको लेखन विल्सन स्वयंले गरेका छन् ।

सरिना लामा निर्माता रहेको फिल्ममा अनमोल गुरुङका संगीत रहनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x