‘दिमाग खराब’पछि निश्चलले घोषणा गरे एक्सन फिल्म

nischal

निर्देशक निश्चल बस्नेतले नयाँ फिल्मको घोषणा गरेका छन् । यो बर्ष हिट फिल्म ‘दिमाग खराब’ निर्देशन गरेपछि निर्देशक बस्नेतले नयाँ फिल्मको घोषणा गरेका हुन् ।

आफ्नो जन्मदिनको अवसर पारेर उनले नयाँ एक्सन फिल्म निर्देशन गर्ने तयारी गरेको बताएका छन् । फिल्मको बारेमा निश्चलले अरु केही पनि बताएका छैनन् ।

उनले, दशैँ अगाडि नै नयाँ एक्सन फिल्म निर्देशन गर्ने उल्लेख गरेका छन् । ‘लुट’बाट नेपाली फिल्मको परम्परागत कथावाचन शैलीको ट्रेन्ड नै बदलेका निश्चलले फिल्म ‘लुट २’पछि ‘दिमाग खराब’को निर्देशन गर्न ७ वर्ष लगाएका थिए ।

यस वर्षको तिहार छेको पारेर प्रदर्शनमा आएको यो फिल्म व्यावसायिक रुपमा सफल भएपछि उनले यसको सिक्वेल निर्माणको घोषणा पनि गरिसकेका छन् । ‘दिमाग खराब २’लाई २०८३ सालको दशैंमा प्रदर्शन गर्ने उनको तयारी छ ।

निश्चल अहिले फिल्म ‘बेहुली फ्रम मेघौली’मा काम गर्दै छन् । आकाश बरालको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा निश्चलको अलावा स्वस्तिमा खड्का पनि छिन् । फिल्म स्वस्तिमाकै लगानीमा बन्न लागेको हो ।

यो फिल्म रिलिज भएपछि मात्र निश्चलले एक्सन फिल्मको छायांकन थाल्नेछन् । प्राप्त जानकारी अनुसार, यतिबेला फिल्मको स्क्रिप्ट लेखनको काम भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x