Todays Date: २०८३ जेष्ठ २७

विष्णुसँगको भिडियो भाइरल भएपछि मिस पविको स्पष्टीकरण

pabi 1

मोडल मिस पविको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अष्ट्रेलीयामा रहँदै आएका विष्णु सापकोटासँग मिस पविले खिचेको एउटा भिडियो अहिले भाइरल भइरहेको छ । भिडियो भाइरल भएपछि मिस पवि र विष्णुको प्रेम रहेको चर्चा समेत सामाजिक सञ्जालमा भइरहेको छ ।

गायिका एलिना चौहानसँग प्रेममा रहेपछि विष्णुको चर्चा बढेको हो । एलिना र विष्णुको ब्रेकअप भइसकेको छ । ब्रेकअपको खबर बाहिरिएपछि पनि विष्णु आम मानिसहरूमाझ चिनिएका हुन् । अहिले मिस पविसँग उनको भिडियो आएपछि मानिसहरूले विभिन्न खालका प्रतिक्रिया दिइरहेका छन् ।

सामाजिक सञ्जालमा टीकाटिप्पणी भएपछि मिस पविले स्पष्टीकरण दिएकी छिन् ।

उनले लेखेकी छिन्–‘म आफ्नो बुबालाई भेट्न र सोही सिलसिलामा एउटा फिल्म सुटिङको लागि अष्ट्रेलीयामा छु । यसकै सिलसिलामा विष्णु सापकोटा लगायतको टिमसँग भेट भएको हो ।

उनीहरूको एउटा व्यापारको प्रमोसनको भिडियो बनाउनका लागि मलाई बोलाइएको थियो । तर, अहिले सोही सिलसिलामा खिचिएको भिडियोलाई लिएर नेपाली मिडियाहरूले झूट र भ्रामक समाचार प्रकाशन र प्रसारण गरेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

पविले सत्य तथ्य बुझेर मात्र समाचार प्रसारण गरिदिन सबैसँग आग्रह गरेकी छिन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x