Todays Date: २०८३ बैशाख १९

दोस्रो सातामा ‘अगस्त्य’लाई दर्शकको उच्च साथ, ‘रोइ रहूँ जस्तो लाग्छ’ गीत सार्वजनिक

423542078 7509985549022234 4017701884361942972 n

फिल्म ‘अगस्त्य च्याप्टर १’ दोस्रो सातामा प्रवेश गरेको छ ।

सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्म गत शुक्रबारबाट रिलिजमा आएकै दिनदेखि दर्शकको चौतर्फी तारिफ पाइरहेको छ ।

‘अगस्त्य च्याप्टर १’ले पहिलो सातामा बक्सअफिसमा उत्साहजनक व्यापार गरेको छ । फिल्मलाई दर्शकले मन पराएका छन् । यसैले, दोस्रो सातामा पनि दर्शकले यो फिल्मलाई मन पराउने विश्वास निर्माण पक्षको छ ।

दर्शकबाट मिलेको सकारात्मक प्रतिक्रिया र बलियो ‘वर्ड अफ माउथ’का साथ काठमाडौं उपत्यकासँगै मोफसलमा दोस्रो सातामा पनि राम्रो व्यापार गरिरहेको छ ।

देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सका काठमाडौं र मोफसलका स्टेशनसहित बिग मुभिज्, वान् सिनेमाज्, सिडिसी सिनेमाज्, पोखराको मिडटाउन सिनेमाज्, धरानको फ्रेन्ड्स सिनेमाजमा पनि दर्शकको उपस्थिति दोस्रो सातामा पनि सुखद् देखिन्छ ।

‘वर्ड अफ माउथ’ राम्रो रहेकाले बाँकी दिनमा ‘अगस्त्य च्याप्टर १’ले सुखद कमाइ जारी राख्ने देखिन्छ । यो फिल्मलाई हलहरूले उल्लेख्य शो उपलब्ध गराउँदै आइरहेका छन् । फिल्म हेरेपछि अधिकांश दर्शकले यसको मेकिङ, एक्सन, कथावस्तु भन्ने शैली र कलाकारको अभिनयको खुलेरै तारिफ गरेका छन् । फिल्म हेर्न पुगेका दर्शकहरूले नेपाली फिल्म क्षेत्रमा नयाँ खालको कथामा उच्च मेकिङका साथ फिल्मले नयाँ स्वाद दिएको प्रतिक्रिया दिएका छन् ।

दर्शकहरूलाई यो फिल्मका मुख्य कलाकार सौगात मल्ल, नाजिर हुसेन र खलपात्र प्रमोद अग्रहरिको कामले प्रभावित बनाएको देख्न सकिन्छ । सौगात र नाजिरको एक्सन अवतारको गजब भन्दै तारिफ गरिरहेका छन् । ‘त्रिपाठी’ नामक खलपात्रको रोलमा प्रमोद अग्रहरिको रोल दमदार देखिन्छ । यो सँगै सौगातको मानसिक सन्तुलन गुमेको चरित्रमाबाट दर्शकहरू आनन्दित भएको बत्ताउँछन् ।

431403678 429071683016585 7826716754718868335 n

यस्तै, दर्शकले अगस्त्य च्याप्टर १ हेरेर निस्कँदै गर्दा फिल्मको अन्त्य तिर को हो गणेश रु भन्ने सस्पेन्सले दर्शकहरू माझ थप एकखालको चासोको विषय बनाइदिएको पाइन्छ ।

दोस्रो सातामा प्रवेश गरेको उपलक्ष्यमा निर्माण टिमले ‘रोइ रहुँ जस्तो लाग्छ’ बोलको गीत सार्वजनिक गरेको छ । एसडी योगीको स्वर तथा संगीत रहेको गीतमा राम अविरल विष्टको शब्द छ ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘अगस्त्य’ नेपाल रिलिजको पाँच दिनपछि विहिबारदेखि मध्यपूर्वका मुलुकमा प्रदर्शनमा आएको छ । अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजले यो फिल्मलाई युएई, कतार र बहराइनमा रिलिज गरेको छ ।

मध्यपूर्वका ठूला चेनहरु भक्स स्टार, सिने रोयल, सिनेपोलिस, सिनेको र नोभामा प्रदर्शन सुरु भएको छ । अन्य अन्तर्राष्ट्रिय बजारमा भने यो फिल्म नेपालसँगै प्रदर्शनमा आएको छ ।

फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, निश्चल बस्नेत, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ । विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।

निर्माण पक्षले ‘अगस्त्य च्याप्टर २’लाई सन् २०२६ मा रिलिज गर्ने घोषणा गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x