Todays Date: २०८३ बैशाख १९

‘अञ्जिला’ फर्स्टलुकमा यस्ता देखिए दयाहाङ

anjila

फिल्म ‘अञ्जिला’को फस्टलुक सार्वजनिक भएको छ । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर वान गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित भएर यो फिल्मको निर्माण गरिएको हो । मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्मको फस्टलुक सार्वजनिक भएपनि प्रदर्शन मिति भने तय गरिएको छैन ।

अञ्जिलाकै जन्मथलो इलामको आइतबारे सहित झापा र काठमाडौंमा यो फिल्मको छायांकन भएको छ । फिल्ममा अञ्जिला नै मुख्य भूमिकामा छिन् ।

उनीसँगै फिल्ममा दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, वुद्दि तामाङ, विजय बराल, हरि खड्का लगायतका कलाकारको फिल्ममा अभिनय छ ।

निर्देशक चाम्सले आफ्नो करिअरमै यो फिल्मले नयाँ छाप छाड्ने दाबी गरेका छन् । अञ्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथालाई यो फिल्मले उठान गरेको छ । मिलनका अनुसार, ७५ प्रतिशत अञ्जिलाकै जीवनीमा फिल्म बनेपनि बायोपिक भने भन्न नमिल्ने तर्क गरे ।

फिल्ममा निर्माता प्रेम कुमार श्रेष्ठको पनि मुख्य भूमिका छ । सुदीप बरालको छायांकन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ । फिल्ममा विनोद अग्रवाल र राजेश बगडिया सह–निर्माताको रुपमा छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x