Todays Date: २०८३ असार २

जेठ २५ मा ‘लण्डन टू पेरिस’, पोस्टरमा साम्राज्ञी र निश्चल रोमान्टिक

london to peris

अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र डेब्यू अभिनेता निश्चल खड्काको मुख्य भूमिका रहेको फिल्म’लन्डन टु पेरिस’को पोस्टर र रिलिज डेट सार्वजनिक गरिएको छ। बिहिवार निर्माण पक्षले यो फिल्मको एक पोस्टर सार्वजनिक गर्दै आगामी जेठ २५ गतेलाई रिलिज मिती घोषणा गरेको हो ।

सार्वजनिक पोस्टरमा साम्राज्ञी र निश्चलले रोमान्टिक मुडमा लिपलक गरेका छन् । एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्सम् लिमिटेडको निर्माण सहकार्य रहेको छ । फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् ।

ट्राभल लभस्टोरीको कथामा निर्माण गरिएको यो फिल्ममा साम्राज्ञी तथा निश्चलका अलावा कविर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ। निश्चलका अलवा ‘लन्डन टु पेरिस’बाट गरिमाले नेपाली सिनेमामा डेब्यू गर्दैछिन्। ।

यो फिल्मलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । सनिश खकुरेल सिनेमाको सह-निर्माता हुन् भने अंकित गौतम यसका कार्यकारी निर्माता हुन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले फिल्मलाई अल नेपाल वितरण गर्नेछन् ।

फिल्ममा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x