Todays Date: २०८३ असार ७

महाजात्राका रविन्द्र – मुन्ना चरित्रले धेरै कुरालाई इङ्गित गरेको छ

Rabindra Jha

अभिनेता रविन्द्र झाले धेरै फिल्ममा अभिनय गरे पनि उनी फिल्म ‘जात्रा’को ‘मुन्ना’ चरित्रबाट दर्शकमाझ सर्वाधिक चिनिएका छन् । फिल्म ‘जात्रा’को तेस्रो सिरिज ‘महाजात्रा’सम्म आइपुग्दा उनी फिल्मको अभिन्न पात्र बनिसकेका छन् ।

यही चैत ९ गतेबाट नेपालसहित विश्वव्यापी रिलिज हुने तयारीमा रहेको फिल्म ‘महाजात्रा’मा उनकै भनाईमा उनी सोझो व्यक्ति छन् । ‘मुन्ना सोझो व्यक्ति हो । तर, जिम्मेवारीले उसलाई प्रलोभनमा पर्न उत्प्रेरित गर्छ । मधेशबाट काठमाडौँ आएको मुन्नाको आवश्यकता बढ्दै गएपछि उसले साथीहरूसँग विविध काममा सहकार्य गर्छ । त्यसैका निरन्तरता महाजात्रा हो’, उनी भन्छन् ।

मैथली नाटक, रेडियो नाटक हुँदै फिल्ममा आएका रविन्द्रको अहिले अधिकांश समय फिल्मी अभिनयमा नै बित्छ । रविन्द्रका अनुसार ‘महाजात्रा’मा दर्शकले उनलाई सुन र पैसा देखेर भाग्ने मुन्नालाई आवश्यकता र परिस्थितिले गडबड गर्न बाध्य बनाए पनि उसमा कसैको हत्या वा नोक्सानी गर्ने नियत हुँदैन ।

‘मेरो भूमिकाले धेरै कुरालाई इङ्गित गरेको छ । मधेशबाट आएको पात्रले कसरी काठमाडौँमा सङ्घर्ष गरिरहेको छ भन्ने यसमा देख्न सकिन्छ,’ रविन्द्र भन्छन् ।

प्रदीप भट्टराईको लेखन र निर्देशन रहेको फिल्म ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।

फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । यसमा जितबहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाकार, कुमार महर्जनको द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य, आशिष अविरल र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x