Todays Date: २०८३ असार ७

शंकरको ‘सिड्नी ब्लूज’मा पुष्प र अञ्जनाको जोडी

SYDNEY BULES PUSHPAL AND ANJANA

नायक पुष्प खड्काले नयाँ फिल्म साइन गरेका छन् । उनले, शंकर कार्कीको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘सिड्नी ब्लुज’ साइन गरेका हुन् ।

विगत एक बर्षदेखि नयाँ फिल्म साइन नगरी बसेका पुष्प अब भने ठूलो पर्दामा देखिने तयारीमा छन् । यो फिल्ममा नायिका अन्जना बराइली पनि फाइनल भइसकेकी छिन् । अन्जनासँगै फिल्ममा रविन्द्र झा, शिव आर ठकुरी लगायतको प्रमुख भूमिका रहनेछ । शिवले यही फिल्ममार्फत डेब्यू गर्न लागेका हुन् ।

यो फिल्मको छायांकन जुन महिनाबाट सुरु हुनेछ । ७० प्रतिशत अष्ट्रेलियामा र ३० प्रतिशत नेपालमा यो फिल्म खिचिने निर्माणपक्षले बताएको छ । यो फिल्मको छायांकनमा नेपाली फिल्ममा खासै प्रयोग नगरिएको ‘मिनचेर सेट र प्रोस्थेटिक मेकअप’को प्रयोग हुने निर्देशक कार्कीको भनाई छ । यो फिल्ममा नायक पुष्पको चार किसिमको लुक्स हुनेछ । पुष्पले यो भूमिकालाई चुनौतीपूर्ण भनेका छन् ।

। फिल्ममा शिव आर ठकुरीको कथा, किरण घिमिरेको पटकथा, सुसन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

आर्ट मुभिजको प्रस्तुतिमा डी मिडियाले बनाउन लागेको यो फिल्मलाई पौष महिनामा रिलिज गर्ने तयारी निर्माणपक्षको छ । आरती शाह निर्माता रहेको फिल्ममा तारा नेपाली कार्यकारी निर्माता र धर्म सुवेदी एसोसियट निर्माताको रुपमा छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x