
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गायक प्रकाश सपूतको गलबन्दी गीतमा छमछमी नाचेका छन् ।
पोखरालाई पर्यटकीय राजधानी घोषणाको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन पोखरा पुगेका प्रधानमन्त्री प्रचण्ड गायक सपुतको गीतमा नाचेका हुन् ।
कार्यक्रममा गायक सपूतले प्रस्तुति दिएका थिए । सोही क्रममा उनले जनताको माझ एक पटक नाच्न भन्दै आग्रह गरेपछि प्रधानमन्त्री प्रचण्ड, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री खगराज अधिकारी, पोखरा महानगरका मेयर धनराज आचार्य, माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानलगायत नाचेका थिए ।