Todays Date: २०८३ असार ८

एक महिनामा सकियो दया र मिरुनाको ‘घरज्वाँइ’को छायांकन

dayahang and miruna

फिल्म ‘घरज्वाँइ’को छायांकन सकिएको छ । फागुनको ५ गतेबाट सुरु भएको फिल्मको छायांकन एक महिनामा सकिएको निर्माणपक्षले बताएको छ ।

यो फिल्मको छायांकन पूर्वी रुकुमको लुगुम, तक्सेरा लगायतका स्थानमा गरिएको छ । निर्माण टिमले उपलब्ध गराएको तस्वीरमा दयाहाङले कपाल मण्डन गरेको देखिन्छ । यसैले उनले क्यापटोपी लगाएका छन् ।

जनक घर्ती मगरको निर्माणमा तयार भएको यो फिल्मका निर्देशक अनिल बुढा मगर हुन् । फिल्ममा अनिलकै कथा छ । अनिल बुढा मगर, विनोद खतिवडा र सुभाष कोइरालाको लेखनमा तयार भएको फिल्ममा सुसन प्रजापतिको छायांकन, हर्क साउद र मनोज थापाको संगीत छ ।

यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वाङ्देल, भोलाराज सापकोटा, राज थापा, कविता आले, अनु थापा, बिना थापा मगर, खबपु पुन, सोनाम लामा, बिबेश बुढा मगर र सुनिल मगरको मुख्य भूमिका छ ।

फिल्मको प्रदर्शन मिति आउँदो बर्षको असार २८ गतेलाई तोकिएको छ । फिल्मको कथावस्तुको बारेमा निर्माणपक्षले केही पनि खुलाएको छैन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x