Todays Date: २०८३ बैशाख ९

दुई दिनमा ‘महाजात्रा’को ३ करोड ६ लाख व्यापार

Mahajatra

यही शुक्रवार रिलिज भएको नेपाली फिल्म ‘महाजात्रा’ले दुई दिनमा ३ करोड ६ लाखको ग्रस व्यापार गरेको बताइएको छ। निर्माताले सार्वजनिक गरेको आँकडा अनुसार यो फिल्मले रिलिजको पहिलो दिन १ करोड २३ लाख बराबरको ग्रस व्यापार थियो।

दोस्रो दिन फिल्मको व्यापारमा ६० लाख बढीको कमाई भएको छ । दोस्रो  दिन फिल्मले १ करोड ८३ लाखको ग्रस कलेक्शन गरेको निर्माता म्याक्स दीपेश खत्रीले जानकारी दिएका छन् । 

शनिवार सार्वजनिक बिदाको दिन भएको कारण देशभर हलहरू थप भएको र अकुपेन्सी पनि बढी भएको थियो। शनिवार यो फिल्म करिब ३०० शो सङ्ख्यामा चलेको थियो। आइतबार पनि होलीको कारण सार्वजनिक बिदा भएकोले व्यापारमा उत्साह रहने अनुमान गरिएको छ।

यो फिल्म सिरिजका अघिल्ला दुई फिल्महरू ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलताको कारण पनि ‘महाजात्रा’ प्रतीक्षित थियो। प्रिमियरबाट यसले अत्यन्तै सुखद प्रतिक्रिया पाएको थियो।

प्रदीप भट्टराई निर्देशित यो फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, रबिन्द्र सिंह बानियाँ, दिव्य देव, राजाराम पौडेल, शिशिर वाङ्देल, मोहन निरौला, पुष्कर गुरुङ, प्रकाश घिमिरे, गौमाया गुरुङ, दिव्य देव, रजनी गुरुङ, सुमन कार्की, प्रवीण खतिवडा, अर्बिन खड्का, अवन राज उप्रेती, घनश्याम जोशी, रमा थपलिया, सिद्धिका चौहान, कायरा कार्की लगायतको अभिनय रहेको छ।

षटकोण आर्ट्सको प्रस्तुतिमा बनेको यस फिल्मका कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन्। निर्माता म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल हुन्। यसको स्क्रिप्ट कन्सल्टेन्ट मनोज पण्डित हुन् भने कलरिस्ट रेनिस फागो, सम्पादक मित्र डी गुरुङ, डीओपी पुरुषोत्तम प्रधान तथा ब्याकग्राउन्ड स्कोर रोहित शाक्य र शैलेश श्रेष्ठको रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x