तीर्थराज र स्वस्तिकाको स्वरमा ‘चरी बस्यो बनैमा’ सार्वजनिक

31

‘चरी बस्यो बनैमा’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक तीर्थराज गुरागाई र गायिका स्वस्तिका ढकालको स्वर रहेको गीत शनिबार ‘नेपमेलो’को युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा समीर आचार्यको शब्द तथा संगीत रहेको छ । यस गीतको रेर्कड अष्ट्रेलियाको सिड्नीस्थित नेपमेलो स्टुडियोमा गरिएको हो । गीतको भिडियोमा अहिलेका चर्चित मोडल प्रभात पल ठकुरी र अनिषा ओलीको नृत्य देख्न सकिन्छ ।

राजीव समरको कोरियोग्राफी रहेको भिडियोलाई सिनेमाटोग्राफर अर्जुन तिवारीले खिचेका हुन् । गीतको निर्देशन सान थापाले गरेका हुन् ।

अष्ट्रेलियामा करिब दुई दशकदेखि कर्मथलो बनाउँदै आएका गायक गुरागाईको यो पहिलो गीत हो । सार्वजनिक गीतले नेपालीहरूको मनमा छाप छोड्ने उनको विश्वास छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x