Todays Date: २०८३ बैशाख १०

जेठ १० गतेबाट पछाडि हट्यो पूजाको ‘दान्भी’

Danvi

नायिका पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘दान्भी’ जेठ १० बाट पोष्टपोन्ड भएको छ। वितरक करण श्रेष्ठले दिएको जानकारी अनुसार आगामी महिनाको जेठ १० गतेलाई प्रदर्शन मिति तोकिएको भएपनी अब यो फिल्म सोही मितिमा रिलिज नहुने भएको छ।

आगामी जेठको १० गते यो फिल्म सङै अन्य दुई फिल्म पनि प्रदर्शनमा आउने भएपछि यो फिल्मको पोस्टपोन्ड गरिएको हो । यो सहित एकसाथ ३ फिल्म रिलिज हुनु नेपाली फिल्म क्षेत्रका लागि पनि सुखद कुरा होइन । यसैले पनि यो फिल्मको प्रदर्शन मिति पोस्टपोन्ड गरेको वितरकको भनाइ छ।

वितरकले नयाँ मिति असार ७ गतेलाई दिएपनि निर्देशक तथा निर्माताले फाइनल गरिसकेका छैनन् । निर्देशक रुपेशका अनुसार–‘हामीलाई वितरकले केही मितिहरु दिनुभएको छ । तर, हामीले कुन मितिमा रिलिज गर्ने पक्का गरेका छैनौं । संभवत भोलि नायिका पूजा शर्माको जन्मदिनमा नयाँ मिति सार्वजनिक गर्छौ होला ।

रुपेश तामाङको निर्देशनमा तयार भएको यो फिल्मको यसअगाडी टिजर रिलिज भइसकेको छ। फिल्मको टिजरमा नायिका पूजा शर्माको दमदार एक्सन अवतार हेर्न सकिन्छ । यो चलचित्रमा पूजा शर्मा, कुन्साङ बोमजोम लगायतका कलाकारको अभिनय छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x