Todays Date: २०८३ बैशाख १४

‘सक्किगोनि’ समूहको ‘लाज शरणम्’ आगामी महाशिवरात्रिमा

laj saranam

नेपाली फिल्मका निर्माताहरू छायांकन सुरु नहुँदै प्रदर्शन मिति तय गर्न हतार गर्छन् । फिल्मको कथा, टिम फाइनल गर्नु अगाडि नै प्रदर्शन मिति तय गर्ने र पछि रिलिज गर्न सकिएन भन्दै सार्ने रोग त नेपाली फिल्मको नयाँ होइन ।

यसैबिच, हालसम्म नाम बाहेक केही पनि सार्वजनिक नगरेको फिल्म ‘लाज शरणम्’को टिमले प्रदर्शन मिति भने तय गरेको छ । यो फिल्मलाई महाशिवरात्रिको अवसर पारेर फागुनको १४ गतेबाट रिलिज गर्ने घोषणा गरिएको छ । जिग्री र पाँडेको टिमले तयार पार्ने भनिएको फिल्मको स्क्रिप्ट फाइनल गर्ने काम भइरहेको छ ।

फिल्मका लागि अहिलेसम्म आधिकारिक रुपमा कोही पनि कलाकार फाइनल गरिएको छैन । तर, यसको टिमले भने प्रदर्शन मिति बुक गरेको हो । ‘सक्किगोनी’को टिमले बनाउन लागेको यो फिल्मलाई कुमार कट्टेलले निर्देशन गर्न लागेको चर्चा पनि छ । तर, यसको टिमले केही पनि सार्वजनिक गरेको छैन ।

अब, हेर्न यो बाँकी छ कि ‘लाज शरणम्’को टिमले प्रदर्शन मिति तय गर्न हतार गर्यो या फिल्म राम्रो बनाएर समयमै रिलिज गर्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x