Todays Date: २०८१ श्रावण १०
AB Filmy

‘बाटोः रोड टु डेथ’को ट्रेलर सार्वजनिक

Nepali Film Bato Trailer

नेपाली, अङ्ग्रेजी, तमिल र हिन्दी भाषामा निर्माण भएको फिल्म ‘बाटोः रोड टु डेथ’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौं फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा मदन थापाको लेखन र निर्देशन छ ।

२ मिनेट ३४ सेकेण्डको ट्रेलर थ्रिलर शैलीको छ । ट्रेलरमा जंगलमा रहेको बाटोमा गाडीबाट यात्रा गरिरहेका फरक फरक पृष्ठभूमिका पात्रहरुले व्यहोरेको समस्यालाई देखाइएको छ । एम्बुलेन्समा सवार भइरहेकी नर्सले अस्पतालको सामाग्री हातमा बोक्नै सहयोगको याचना गरिरहेको दृश्य देखाइएको छ ।

यसबाहेक ट्रेलरमा जंगलमा बसेर हिंस्रक गतिविधि गर्ने एक समूहले मानिसलाई कतिसम्म त्रसित र दुःख दिएको छ भन्ने दृश्य देखाइएको छ ।

यही जेठ ३२ गते प्रदर्शनमा आउने फिल्मलाई सेन्सर बोर्डले फिल्मको विषयवस्तु अनुसार १६ वर्ष उमेरभन्दा माथिका दर्शकले मात्र हेर्ने गरी सर्टिफिकेट दिएको छ ।

भारतको चेन्नइँमा प्राविधिक कार्य भएको फिल्ममा मिथिला शर्मा, आशान्त शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, विजय आनन्द ताम्राकार, राजेन थापा, आभाष अधिकारी, गणेश उपाध्याय, किरन शाहीलगायतको अभिनय छ ।

चन्दन झा निर्माता रहेको फिल्ममा शरण ऋषिको छायांकन, एनबी महर्जनको द्वन्द्व छ । फिल्मको लाइन प्रोड्युसर प्रकाश हमाल हुन् । डब्बी एटमस साउण्डमा तयार पारिएको फिल्म काठमाडौं र गाईघाटमा छायांकन गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Scroll to Top